जताततै जुवा : ९० जना पक्राउ, साढे ४ लाख बरामद

जताततै जुवा : ९० जना पक्राउ, साढे ४ लाख बरामद

तिहारमा जताततै जुवाको खाल देखिएको छ । प्रहरीले जुवा खेलिरहेको अवस्थामा काठमाडौंबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट चार जना, डडेलधुराबाट १३ जना, दार्चुलाबाट सात जना र संखुवासभाबाट सात जना गरी ९० जना पक्राउ गरेको छ । 

काठमाडौंको शंखरापुर नगरपालिका–१, नाङ्लेभारेमा आठ जना पक्राउ परेका छन् भने ७६ हजार ८३५ नगद बरामद भएको छ । सोही स्थानको 

शिव मन्दिर नजिकैबाट नौ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट ४० हजार ८५५ रुपैया फेला परेको बताइन्छ । 

कञ्चनपुरको भिमदत्त नगरपालिका–१७ बाँसखेडाबाट २८ जनालाई दुई लाख ५८ हजार ६९४ रूपैयाँसहित पक्रेको जनाइएको छ । कञ्चनपुरकै मझगाउँस्थित मनोज रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । उनीहरुबाट प्रहरीले २५ हजार ४६० रूपैयाँ बरामद गरेको छ ।

त्यस्तै बेलौरी नगरपालिका–६, दुम्लीस्थित गजेन्द्र रानाको गोठमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ पर्दा २२ हजार ४०
रुपैयाँ बरामद भएको हो ।

उता सिन्धुलीको सुनकोशी गाउँपालिका–६ खाल्टेमा चार जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट २२ हजार ७६० रुपैयाँ, तास र ३३ कौडा फेला परेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका–१ मौरडामा १३ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले २१ हजार ३७९ रुपैयाँ बरामद भएको जनाएको छ । उता, दार्चुलाको महाकाली नगरपालिका–५ गल्फै पनि ४३ हजार ३०० रुपैयाँसहित प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

 
संखुवासभाको चैनपुर नगरपालिका–३ तिनखोप्रेमा पनि सात जना पक्राउ परेका छन् । ३८ हजार ३२५ रुपैयाँसहित सात जना जुवाडे प्रहरीको फन्दामा परेका हुन् ।

टिप्पणीहरू