जेरुसेलमको चेकपोष्टमा गोली हानाहान, तीनजना मारिए

जेरुसेलमको चेकपोष्टमा गोली हानाहान, तीनजना मारिए

इजरायलको जेरुसेलम नजिकै गोली हानाहान हुँदा तीनजना मारिएका छन् । 

इजरायली प्रहरीका अनुसार जेरुसेलम नजिकैको टनेल चेकपोस्टमा सरकारी सुरक्षा फौजलाई लक्षित गर्दै गोली चलाउने आक्रमणकारी मारिएका हुन् ।

संदिग्ध गाडीमा आएका आक्रमणकारीहरूले एकाएक इजरायली सेनालाई लक्षित गरेर गोली चलाएका थिए । जवाफमा इजरायली सेनाले उनीहरुमाथि कारबाही गरेको हो । 

उक्त कारबाहीमा सात जना घाइते भएको सरकारी सुरक्षा निकायले जनाएको छ ।

टिप्पणीहरू