झाडीमा नवजात शिशुको शव

झाडीमा नवजात शिशुको शव

भक्तपुरको सूर्यविनायकमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । प्रहरी प्रभाग दधिकोट र प्रहरी वृत्त थिमीबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका–४ पाल्लेटारस्थित खोल्साको झाडीमा नवजात शिशु (बालिका) मृत अवस्थामा फेला पारेको हो । 

झाडीमा उक्त शिशु हिजो साँझ मृत भेटिएको बताइएको छ । प्रहरीले शिशुको शव कानूनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू