ल्यापटप चोरेपछि सशस्त्रका असई समातिए

ल्यापटप चोरेपछि सशस्त्रका असई समातिए

- टेकसिंह धामी

कैलालीमा ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा धनगढी–३ का रमेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भण्डारी सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदीप चन्दले बताए । पक्राउ परेका भण्डारीमाथि उजुरी दर्तापछि अनुसन्धान भइरहेको उनले बताए ।

सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुलामा कार्यरत उनले पोखरा तालिमको निम्ति पठाइएको समयमा ल्यापटप चोरेका थिए । चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र लेखेर आवश्यक सहयोग गर्न आग्रह गरेको थियो । त्यसपछि सशस्त्रले नै उनलाई पक्रेर प्रहरीलाई बुझाएको होे ।

टिप्पणीहरू