तिहारको भोलिपल्ट लाखौंको धनमाल चोरी

तिहारको भोलिपल्ट लाखौंको धनमाल चोरी

ललितपुरको बालकुमारीमा लाखौंको धनमाल चोरी भएको छ । स्थानीय बुद्धकुमारी श्रेष्ठको घरमा चोरी भएको हो । 

हिजो दिउँसो घरबाट सुन र चाँदीका विभिन्न गरगहना, नगद तथा जिन्सीलगायत सामान समेत गरी करिब ९ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ । 

त्यस्तै, बाराको जितपुर सिमरामा पनि चोरी भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–४ सिमरा गाई फार्म बस्ने खिलबहादुर कार्कीको घरमा चोरी भएको हो । 

उनको घरबाट सुनका विभिन्न गरगहना, मोबाइल, पानी तान्ने मोटर र नगद समेत गरी करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जनाइएको छ  

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

टिप्पणीहरू