अहेवको एसएलसी प्रमाणपत्र नक्कली, भारतबाट किनेर ल्याइएको पुष्टि

अहेवको एसएलसी प्रमाणपत्र नक्कली, भारतबाट किनेर ल्याइएको पुष्टि

गुल्मीको मालिका गाउँपालिका–५ स्थित छापहिले स्वास्थ्य चौकीमा कार्यरत अहेव देवबहादुर महताराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको जनाइएको छ । महतारा नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियम विपरीत सरकारी सेवामा कार्यरत रहेको पाइएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । 

भारतबाट एसएलसीको प्रमाणपत्र किनेर ल्याएका उनले लोक सेवा आयोगमा उक्त शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको उल्लेख गरेर पेश गरेका थिए । सोही आधारमा सरकारी सेवामा प्रवेश गरेर उनले आर्थिक लाभ र सुविधा लिएको अनुसन्धानबाट प्रमाणित भएको हो । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसुरमा सजायको माग गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

टिप्पणीहरू