पशुपतिमा शतबीज छर्नेको भीड
पशुपतिनाथ वरपर भक्तजनको भीड लागेको छ । बिहान सबेरैदेखि पशुपति क्षेत्रमा शतबीज छरिएको छ । हरेक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवंगत पितृको नाममा पशुपतिनाथलगायत मुलुकभरका शिवालयमा शतबीज छरिन्छ ।
हिजो साँझदेखि बत्ति बालेर जाग्राम बसेका भक्तजनले आज बिहान शतबीज छरेका हुन् । पशुपतिमा हिजो साँझदेखि बालिएको महादीप भक्तजनले आज बिहान नजिकैको बागमतीमा सेलाएका हुन् ।
उनीहरुले पशुपतिको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप, किराँतेश्वर क्षेत्रमा शतबीज छरेका हुन् ।
शतबीजमा धान, जौ, तील, गहँु, चना, मकै, कागुनो मिसाइएको हुन्छ । तर, कतिपयले धानको सय गेडालाई शतबीज भन्ने गरेका छन् ।
टिप्पणीहरू