गण्डकीमा अढाई सय कर्मचारी माग
गण्डकी प्रदेश सरकारले ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागेको छ । प्रदेश लोकसेवा आयोगले आज सूचना जारी गर्दै निजामती र स्थानीय सेवाका प्राविधिक र अप्राविधिक दुवैतर्फ गरी साढे दुई सय बढीका लागि दरखास्त आह्वान गरेको हो ।
सूचनामा असिस्टेन्ट सबइन्जिनियर, नायब प्राविधिक सहायक, नायब पशु स्वास्थ्य प्राविधिक, फरेस्टर, वन, जनरल फरेस्ट्री, अनमी, कोल्डचेन असिस्टेन्ट, अहेब, ल्याब असिस्टेन्ट, प्रशासन सहायक, लेखा सहायकलगायत पदहरुमा आवेदन आह्वान गरिएको छ ।
यी पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्धारा पदपूर्ति गरिने आयोगले जनाएको छ । दरखास्त दिने म्याद आगामी माघ १ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरेर माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
सम्बन्धी विस्तृत जानकारी आयोगको वेबसाइटमा राखिएको छ ।
टिप्पणीहरू