सरकार सफल तर प्रधानमन्त्री असन्तुष्ट

सरकार सफल तर प्रधानमन्त्री असन्तुष्ट
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार असफल नभएको बताउनुभएको छ । 

कार्यकाल एक वर्ष पुगेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफूले सोचेजस्तो परिणाम दिन नसके पनि सरकार असफल नभएको दाबी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सरकार असफल भएन, तर मेरो आफ्नै हुटहटी अनुसारको परिणाम आएन ।’

प्रधानमन्त्रीले देशमा केही पनि हुँदैन भन्ने नकारात्मक भावना बढिरहेकोतर्फ चिन्ता व्यक्त गर्दै उज्यालो भविष्य देखाउन आफू दृढ संकल्पित रहेको उल्लेख गर्नुभयो । पछिल्लो सात वर्षमा जलविद्युत क्षेत्रमा उल्लेखनीय प्रगती भएको जनाउँदै उहाँले देशमा केही हुँदैन भन्ने नकारात्मकता सोचलाई यसले खण्डन गर्ने बताउनुभयो । 

आफूले बनिसकेका आयोजनाको जस नलिने तर सम्पन्न हुन बाँकी पूर्वाधारबारे चिन्तामा रहेको पनि प्रधानमन्त्रीको भनाई छ । 

प्रधानमन्त्री प्रचण्डको सम्बोधन अहिले जारी छ ।

टिप्पणीहरू