सहकारीले हुने नहुने सबलाई सिध्याउँदै

सहकारीले हुने नहुने सबलाई सिध्याउँदै

गत ५ गते जिल्ला अदालत लमजुङको आँगनभरि थुप्रिएको भीडको चासो र जिज्ञासाका अलावा प्रतिवादी बनाइएकाहरूको मनमा भने एकप्रकारको त्रासको बादल मडारिएको प्रष्ट देखिन्थ्यो । रसिद काटेर तारेखमा घर पठाउने कि पत्र काटेर पुर्पक्षका लागि कारागार पठाउने भन्ने फैसला श्रीमान् शिवप्रसाद खनालको हातमा थियो । प्रतिवादीका वकिलहरूले २५/२६ दिन हिरासतमा बसेर सहकारी ठगीको आरोप खेपेकाहरू जिल्लाकै प्रतिष्ठित, इमानदार र अहिलेसम्म कहीँ–कतै कुनै कालो धब्बा नलागेका व्यक्ति भएको र निजहरूलाई फसाइएको, प्रतिवादीको बयानमा समेत आफूहरूले कुनै अपचलन नगरेको भन्ने खुल्न आएकोले बाइज्जत साधारण तारेखमा छाड्न जिकिर गरे पनि वादीको तर्फबाट बहस गरेका सहायक जिल्ला न्यायाधिवक्ता रामकुमार श्रेष्ठले दर्जनौँ प्रमाण पेश गर्दै नथुने यी व्यक्तिले पीडितलाई प्रलोभनमा पारी अनुसन्धानमा प्रभाव पार्न सक्ने भन्दै प्रतिवादीका वकिलप्रति कटाक्ष गरेका थिए ।

कालिका सहकारीमा करोडौंको अपचलनका मुख्य आरोपी तत्कालीन अध्यक्ष र प्रबन्धक मृगेन्द्र घिमिरे र पत्नी बिनिताले (जो अझै फरार छन्) ए÷आर÷जि जस्ता कैयाँै फर्जी ऋणी बनाएर तीसौँ लाख ऋण प्रवाह गरेको, यस्ता ऋणी कसैको धितो नराखिएको र ऋणीको कुनै ठेगाना र अरु कुनै प्रमाण पुग्ने कागजात नै नभएको जस्ता विषयकै वरिपरि बहस केन्द्रित भए पनि प्रतिवादीका वकिल गजेन्द्र अर्यालले २६ दिनदेखि प्रहरीले हिरासतमा राखेका सहकारी अध्यक्ष शिव सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, प्रबन्धक वेदराज खनिया, महेन्द्र शर्मा पौडेल, मिलन शर्मा, हरिबाबु थापा र कृष्णबहादुर खत्री सामान्य धरौटीमा छुट्न सक्ने बताएका थिए । थुनछेक बहसको दुर्ई घण्टापछि निकै शालीन, भद्र न्यायमूर्तिको छवि बनाएका खनालले धरौटीमा रिहाइको आदेश त दिए तर प्रतिवादीले अपेक्षा गरिएभन्दा चौबर धरौटी बुझाउनुपर्ने भयो । 

६ करोडभन्दा बढी हिनामिना भएको सो मुद्दामा अध्यक्ष, उपाध्यक्ष, प्रबन्धक र तत्कालीन कर्पुरेश्वर सहकारी अध्यक्षलाई जनही १२/१२, लेखापरीक्षक महेन्द्र पौडेललाई १०, हरिबाबु थापा र कृष्णबहादुर खत्रीलाई ७/७ लाख धरौटी माग गरियो । यी सात जना धरौटी बुझाएर रिहाइ त भए तर प्रहरीले मृगेन्द्र पति÷पत्नी, तैमाया गुरुङ, प्रकाश खनियाँसहित अन्य २७ जना प्रतिवादीलाई समात्न नसकेको बेला सिर्जनात्मक साकोस सुन्दरबजार–९ भोटेओडारका पूर्व अध्यक्ष तथा नेकपा समाजवादीका केन्द्रीय सल्लाहकार लीलाधर सापकोटालाई भने पक्राउ गरिएको छ ।

केही समयअघि सहकारीको घरजग्गा प्रबन्धक इन्द्रविलाश सापकोटाले आफ्नो नाममा पास गरेको, कोषाध्यक्ष सिर्जना अधिकारीको नाममा जग्गा खरिददेखि लिएर त्यहाँ भएका अनियमितताबारे समाचार संकलन गर्न गएका बाग्मती टेलिभिजनका पत्रकारलाई बन्धक बनाई गालीबेइज्जती गरिएको सुनिन्थ्योे । सापकोटा कुनै बेला सोही सहकारीको अध्यक्ष मात्रै नभएर लामो समय शिक्षक अनि ०५४ मा भोटेओडार गाविसका अध्यक्षसमेत थिए । भोटेओडारस्थित भक्ति नमुना माविको ५७ औं वार्षिकोत्सवमा सहभागी भइरहेका बेला समातिए । टोखा नगरपालिका–९ सामाखुसीस्थित आर्जन बचत तथा ऋण सहकारीविरुद्ध १ सय ७५ जना बचतकर्ताले प्रहरीमा उजुर गरेपछि सो संस्थाविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौँँमा ठगी मुद्दा दर्तासँगै पक्राउ पुर्जी जारी भएको थियो । 

०६५ सालमा स्थापित उक्त सहकारीका अध्यक्ष दलबहादुर आले तत्कालै पक्राउ परे पनि उपाध्यक्ष सापकोटासहित १५ जना भदौदेखि फरार थिए । सिआइबीको टार्गेटमा रहेका सापकोटा केही महिनादेखि आफ्नै पुरानो थलो भोटेओडार फर्की घरमा बस्दै आएका थिए । पुस ५ गते भक्त नमुना माविको ५७ औँ वार्षिकोत्सव समारोहमा अतिथिको आसन गरिरहेका बखत कसैले उनलाई बोलायो । आफू पक्राउ पर्छु भन्ने शंका केही थिएन । मञ्चदेखि स्कूल गेटमा पुग्दा नपुग्दै आफू प्रहरीको फन्दामा परेको चाल पाए । बाहिर गेटमा पुलिसको भ्यानसहित सादा पोशाकका प्रहरी तैनाथ थिए । बचतकर्ताको ११ करोड ५५ लाख ४३ हजार ४ सय ६ रुपैयाँँ ठगी गरेको सिआइबीले र सहकारीले ५ वर्षदेखि वित्तीय विवरणसमेत किर्ते गरेको सिआइबीले जनाएको पनि छ । सहकारी ठगीको आरोपमा पक्राउ परेका ७१ वर्षीय सापकोटा खराब नभएको, असल व्यक्ति मानिन्थे । परिबन्धले ठगी मुद्दामा अहिले प्रहरी हिरासतमा पु¥याएको छ ।

– अञ्जनकुमार

 

टिप्पणीहरू