नारायणहिटी पश्चिम गेट नजिकै आगलागी, चुरोटको ठुटोबाट सल्केको आशंका

नारायणहिटी पश्चिम गेट नजिकै आगलागी, चुरोटको ठुटोबाट सल्केको आशंका

नारायणहिटी दरबार संग्रहालयको पश्चिम गेट नजिकै आगो लागेको छ । दिउँसो पौने १ बजेको समयमा संग्रहालयको पर्खाल नजिकैको रुखमा आगो लागेको बताइएको छ ।

पर्खालको छेउमा रहेको सुकेको रुखमा आगलागी भएको देखिएपछि काठमाडौं महानगरको दमकलले करिब आधा घण्टमा आगो नियन्त्रणमा लिएको हो । 

उपराष्ट्रपति निवासको सामुन्न रहेको उक्त रुख निकै पुरानो भएको र भित्र खोक्रो रहेकाले बटुवाले फालेको चुरोटको ठुटोबाट आगो सल्केको प्रहरीको आशंका छ ।
 

टिप्पणीहरू