बस खोलामा खस्दा दर्जनौं यात्रु घाइते, ४ जना सिकिस्त

बस खोलामा खस्दा दर्जनौं यात्रु घाइते, ४ जना सिकिस्त

तनहुँमा भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् । म्याग्दे गाउँपालिका–६ मौरीबजारमा आज बस दुर्घटना हुँदा चालक र सहचालकसहित अन्य यात्रु घाइते भएका हुन् । 

वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै, १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको जानकारी गराइएको छ ।

टिप्पणीहरू