प्रेमिका बनेर पैसा थुत्ने पासो
प्रेमी–प्रेमिका मिलेर मुर्गा फसाउने र घरबार चलाउने धन्दाको शिकार भएका छन् धनकुटाका सोम दर्लामी । खासै पढाइ लेखाइ नभएका उनी वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका थिए आठ वर्षअगाडि ।
उनैले एक युवतीलाई आँखा चिम्लिएर विश्वास गर्दा आठ वर्ष खाडी मुलुकमा बगाएको पसिना ‘बालुवामा पानी’ बन्न पुगेको छ । रोगी बुवा आमा, परिवारलाई शिरमा राखेर हिँडिरहेका थिए उनी । सात वर्षअगाडि अर्थात् ०७३ सालको कुरा हो, दिनभरको कामको थकान मेट्दै थिए, मोबाइल स्क्रोल गर्दै जाँदा सामाजिक सञ्जालमा अनुषा मगर आइडीबाट पोष्ट भएको थियो उक्त स्टाटस । दुःख र पीडामा डुबेको भाव झल्कने स्टाटस थियो । भावुक स्वभावका दर्लामी उनको प्रोफाइलमा छिरे । चिनजान थिएन, रिक्वेष्ट पठाए । लगत्तै स्वीकार भयो मित्रता । ‘हाइ हेल्लो’ शुरु भयो । वास्तविक नाम जमुना मगर, सामाजिक सञ्जालमा अनुषा मगर, ललितपुर घर, आनन्द वन अस्पताल चापागाउँमा स्टाफ नर्सको जागिर ! उनैसँग कार्यालय समय सकिएपछि हरेक दिन सामाजिक सञ्जालमा भलाकुसारी चल्न थाल्यो । र, यो दुःखद कथाको शुरुवात पनि त्यहीँबाट भएको हो ।
कुनै नाता÷सम्बन्ध थिएन तर हरदिन कुराकानी चल्दै गयो । दिन, साता, महिना बित्यो । काठमाडौंको ठाउँ, स्टाफ नर्सको जागिर, अभाव र तनावका कुरा सुनाउँथिन्, कहालीलाग्दा विगत, भविष्यप्रतिको उस्तै चिन्ता शेयर गर्थिन् । कोमल मनका सोमको कमजोरी थियो कसैको दुःख हेर्न र देख्न नसक्ने । अरुको दुःख, पीडा र दर्दलाई पनि आफ्नैझैँ ठान्ने । आफ्नो सानो वचन र सहयोगले कसैको जिन्दगीको नक्सा फेरिन्छ र जिन्दगी नै कायापलट हुन्छ भने ‘सहयोग गरौँ न त’ भन्ने भाव ।
दशैं अगाडिसम्म बाक्लै बोलचाल भइरहेको थियो । लगातार २३ दिनसम्म सम्पर्कमा आइनन् उनी । २३ दिनपछि सम्पर्कमा आएकी उनी फेरि पाँच दिन सम्पर्कविहीन ।
कतारस्थित एउटा साबुन र सर्पm बनाउने कम्पनीमा दैनिक १२ घण्टा श्रम बेच्दथे । ८ घण्टा बेसिक, ४ घण्टा ओटी गरी दैनिक १२ घण्टाको ड्युटी, जम्माजम्मी हात पर्दथ्यो ६० हजार । अनुषा भेटिनुअघि तलबको केही अंश आफूले राखेर मासिक रूपमा बुवा, आमालाई पठाउँदै आएका थिए । जब अनुषा भेटिइन् तब आफूलाई औषधि खाने पैसासमेत नराखी केही अंश आमालाई र बाँकी पठाउन थाले अनुषालाई । यस्तो रीत चल्यो दुर्ई वर्षसम्म । आजभन्दा भोलि, भोलिभन्दा पर्सि । उनीसँग एक पल कुरा गर्न नपाउँदा नियास्रिन थाले । नजिकिँदै जाँदा केही चाहना र फरमाइस आउन थाल्यो । हरेक ‘फर्माइस’ पूरा गराउँदै गए । अनुषाको ‘एकै प्लिज’का अगाडि दर्लामी गलिहाल्थे । ‘ओके’ भनिहाल्थे । अनुषाले आफूलाई पैसाको अभाव भएको सुनाउनेबित्तिकै खाडीको ५५ डिग्रीको तापक्रममा पसिना चुहाएर कमाएको रकम पठाउँथे । ‘मलाई यतिबिघ्न माया गर्ने यो संसारमा कोही छैन, विवाह गरे तपाईंसँग गर्छु, अन्यथा गर्दिन’ भन्थिन् उनी ।
सामाजिक सञ्जालमा जोडिएको केही समयपछि नै काठमाडौं जाने क्रममा भेटघाट गरेका थिए अनुषासँग । यत्तिको केटी भए जिन्दगी चल्छ भन्ने लागेको थियो । धार्मिक परम्पराअनुसार विधिवत् विवाह गर्नेमा दुवै राजीखुशी थिए । प्रेमिकाभन्दा माथि श्रीमतीकै दर्जामा राखेका थिए । जीवनसाथी नै बन्ने भएपछि लगानी नगर्ने कुरा पनि भएन । खाडीको रकम उनको खातामा हाल्दै गए । सुन्दर भविष्य बनाउनका लागि काठमाडौंमा घर घडेरी जोड्ने सल्लाह भयो । अनुषाकै फर्माइस थियो, ‘ललितपुरमा एउटा राम्रो जग्गा भेटिएको छ, फुपाजुले बेच्न खोज्नुभएको, अरुलाई आनाको ८ लाख, हामीलाई ४ लाखमै दिन्छु भन्नुभएको छ । ५ आना छ ।’ २० लाख क्यास थिएन सोमसँग । त्यही जग्गा बैंकमा राख्ने र ऋृण निकाल्ने सल्लाह भयो ।
बैंकलाई मासिक किस्ता तिर्ने गरी रकम निकालियो । आफ्नो माया र प्रेममा सोमलाई यति विश्वास थियो कि न जग्गाको पुर्जा खोजे, न त बैंकबाट लिएको ऋणको प्रमाण नै ! अनुषाले भनेझैं बैंकका लागि आवश्यक किस्ता रकम खातामा हाल्दै गए । पटक–पटक गरी १८ लाख पठाए तर उनीसँग १३ लाख ७८ हजारको मात्र स्लिप सुरक्षित छ । यो स्थिति झेल्नुपर्छ भन्ने लागेको भए सबै स्लिप सुरक्षित राख्थें होला । जग्गा निखन्नका लागि ३ लाख ५५ हजार बाँकी थियो । दशैं अगाडिसम्म बाक्लै बोलचाल भइरहेको थियो । लगातार २३ दिनसम्म सम्पर्कमा आइनन् उनी । २३ दिनपछि सम्पर्कमा आएकी उनी फेरि पाँच दिन सम्पर्कविहीन । एक मनमा लाग्थ्यो यो केटीले मलाई छाडेर जान्छ होला । तिहारपछिको एक दिन शुरुमा राम्रै म्यासेज आयो तीन वटा । ती म्यासेज एकै क्षणमा रिमुभ भए । लगत्तै अर्काे म्यासेज आयो ‘मेरो बूढीसँग बोल्ने तँ को होस्, तेरो फोटो तत्काल पठा ।’
सोमले तत्काल भिडियो कल गरे, लागेन । जवाफ आयो ‘पुरानो मोबाइल हरायो, यो नयाँ मोबाइल हो, भिडियोमा बोल्न मिल्दैन ।’ अनुषासँग विवाह भएको चार वर्ष भइसकेको उनले सुनाए । र, उल्टै धम्की दिए, ‘तँलाई ठेगान लगाएर छोड्छु ।’ त्यो मान्छे भोलिपल्टदेखि सम्पर्कविहीन भयो । भोलिपल्टै अनुषाको भाइले मलेसियाबाट म्यासेज पठायो र भन्यो– दिदीको दुर्ई वर्षअगाडि नै विवाह भएको हो । सोमले अनुषाका नाममा विभिन्न मितिमा पठाएको १३ लाखभन्दा बढी रकमको स्लिप पठाए । ‘परिवारको एउटै चेली हो तर ऊ हाम्रालागि मरिसकी । हाम्रो परिवारसँग पैसा फिर्ता दिने औकात छैन । पैसाका लागि जे सजायँ दिनुपर्छ, उसैलाई दिनु ।’
यसरी अनुषा र उनका श्रीमान्बाट आफू ठगिएको बल्ल चाल पाए सोमले । जीवनका आठ वर्षको कमाइ बालुवामा पानी बन्न पुगेसँगै मलेसियाबाट नेपाल उत्रिएका छन््, गत साता । शुरुमा फोन सम्पर्क हुने अनुषाको मोबाइलमा जतिखेर डायल गर्दा पनि एउटै कर्कश आवाज सुन्न थाले, ‘माफ गर्नुहोला, तपार्ईंंंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ ।’ सामाजिक सञ्जालबाट सम्पर्क प्रयास गरे, भिडियो कल गरे । पहिला रि¨ जानेबित्तिकै उठ्थ्यो फोन । अहिले दुईवटै आइडी ब्लक गरिएको छ । एउटा बयस्क युवतीको मोहनीमा यसरी फस्दै गए कि अहिले त्यहाँबाट निस्कन नसकेर निस्सासिने अवस्थामा पुगेका छन् ।
जीवनका झण्डै एक दशक खाडी मुलुकमा बगाएको पसिना अर्कैले खाइदिएपछि अहिले न्याय निसाफ खोज्दै हिँडिरहेका छन् । कहिले प्रहरी कार्यालय त कहिले अदालततिर पुग्दै छन्, न्याय खोज्न । तर, प्रहरीकोमा उजुरी नै दर्ज हुँदैन । उनीहरूले जिल्ला प्रहरी कार्यालयमा भेटिएका सिपाहीदेखि डिएसपीसम्मलाई नमस्कार टक्र्याए तर सबैको मुखबाट एउटै कुरा आयो– यो हाम्रो कार्यक्षेत्रभित्र पर्दैन । यस्तो उजुरी लिन मिल्दैन । त्यसपछि न्याय पाइने आशमा अदालत गए । अदालत प्रहरीलाई देखाएर उम्कियो ।
दुःखको कथा सुनाउँदा उल्टै हाँसोको पात्र बनाएर उडाउँछन् सरकारी निकायमा बसेकाहरू । एकातिर युवतीबाट लाखौँ ठगी, अर्काेतिर राज्यका निकायबाटै सहयोग नहुँदा अचेल न रातमा निद्रा पर्छ, न दिनमा भोक नै ! यसरी प्रेमी प्रेमीका मिलेर सोमझैं कति पुरुषहरू ठगिएका होलान् ? प्रेमको नाटक गरेर, मजबुरी देखाएर ठगीलाई व्यवसाय बनाउनेहरूको संख्या कति होला ? हाम्रो समाजमा जबर्जस्ती स्थापित भाष्य, ‘केटा बदमास, फटाहा, ठग !’ केटालाई ठगेर लोग्ने–स्वास्नी मिली आफ्नो घरबारै बसाउने र चलाउने दिन आएको हो ?
– दिपेश राई, धनकु
टिप्पणीहरू