दिनेलाई दनादन, नदिनेलाई भनाभन
दिनेका लागि दनादन, नदिनेसँग भनाभन– हवाई सेवाको नियामक निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) मा यस्तो हुने गरेको हो।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम नै अर्को सरकारी निकायबाट हैरान छ । मापदण्डबमोजिमको उडान अवधि पूरा गर्नका निम्ति आवश्यक गन्तव्यको अनुमति नपाउँदा उसले हैरानी खेपेको हो । तर, निजी क्षेत्रका तारा, सीता, समिटजस्ता विमानका हकमा यस्तो दुःख छैन । किनभने, निजी कम्पनीसँग उडान गन्तव्य अनुमतिका नाममा भनेजति पैसा लिन मिल्यो, सरकारीसँग मिल्दैन ।
‘पाइलट थोरै छन्’ भन्दै नेवानिलाई चार गन्तव्य (सेक्टर) का निम्तिमात्रै उडान अनुमति छ । तर, यति एयरलाइन्सअन्तर्गतको तारालाई पाँच गन्तव्य दिइएको छ । प्रायः पश्चिमी पहाडी जिल्लामा उडान गर्ने समिट एयरले पनि पाँचैवटा अनुमति पाएको छ । मागेदेखि नेवानिले पनि प्राधिकरणलाई कुनै न कुनै किसिमले नजराना चढाउँथ्यो होला, तर त्यो कुरा बाहिर आउँदा त्यसले विष्फोटक रूप लिने खतराका कारण जहिल्यै गन्तव्य अनुमतिका नाममा भनाभनमात्रै चलिरहने गरेको छ । एउटा जहाजले कम्तिमा एक हजार घण्टाको उडान मापदण्ड पूरा गरेको हुनुपर्छ । तर, उड्न पाइने ठाउँ नै कम भएपछि न अवधिको मापदण्ड पूरा भयो, न त उडानबाट गर्नुपर्ने आम्दानी नै प्राप्त भयो । एउटा जहाजले ६ वटा गन्तव्यमा उडान गर्न पायो भनेमात्रै उडान अवधि र आम्दानीको मापदण्ड पूरा गर्न सक्छ।
नेपाल एयरलाइन्सबाट ग्राउण्ड ह्याण्डलिङ खोसेर निजी कम्पनीलाई दिन खोजिएको कारण पनि यही हो । निजी क्षेत्रलाई उक्त काम दिँदा एउटा एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङबाट मात्रै ३४–३५ करोड आम्दानी दिन्छ । पहिलो वर्ष खर्च उठ्छ र अर्को वर्षदेखि ४–५ वर्षको पैसा नाफा हुन्छ । तर, नेवानिले त्यो काम गर्दा क्यानका हाकिमको हातमा केही न केही, निगमको आम्दानीमात्रै बढ्ने ! क्यानको ज्यादतीबारे नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटन मन्त्रालयमा आएपिच्छेका सचिवदेखि उड्डयन क्षेत्र हेर्ने सहसचिव बुद्धिसागर लामिछानेलाई भनिरहन्छन् । तर, पनि क्यानले टेरपुच्छर लगाउँदैन ।
यसप्रकार सरकारी विमान कम्पनीलाई उही मन्त्रालयअन्तर्गतको अर्को निकायले डुबान क्षेत्र बनाइरहेको छ । विमान सेवा सञ्चालन गर्न हरेक कुरामा अनुमति लिनुपर्ने, पैसा नदिनेलाई ढिलाई गरिदिने गरिन्छ । जस्तो कि, काठमाडौंबाट गन्तव्य (सेक्टर) परिवर्तन गरेर भरतपुरमा अवतरण गर्नुपर्ने भयो वा लामिडाँडा जानुप¥यो भने त्यसको लागि क्यानसँग अनुमति लिनुपर्छ । अरुलाई दिन्छ, नेवानिलाई दिँदैन । त्यस्तो भएमा जहाजलाई एयरपोर्टमै घाममा सुकाएर राख्नुपर्ने हुन्छ ।
निजी विमान सेवाका हकमा कतिपय गम्भीर त्रुटि पनि हेरिँदैन । लुक्ला जाँदा केही साताअघि तारा एयरको एउटा पातो आकाशमै उड्यो । बुद्ध एयरको ढोका धेरैपटक खुलेका घटना छन् । तर, अरु ठीक–नेवानि बेठीक भन्दै क्यानले पूर्वाग्रह राखिरहने गर्दछ । प्राधिकरणमा उडान सुरक्षा (सेफ्टी) हेर्ने हाकिमलाई जहिल्यै यस्तो कुरामा सतर्क हुन भनिएको हुन्छ । उनीहरूले सतर्कता अपनाउनुपर्ने विषयको सूची नै पठाएका हुन्छन् । त्यसलाई फोटोकपी गरेर नराखे एकदम खतरा मानिन्छ । त्यसमाथि नेवानिको हकमा एउटा पाइलटको सेटलाई ४ गन्तव्यभन्दा बढी उडान गर्न दिइँदैन । निजी क्षेत्रलाई चाहिँ पाँच वटा सेक्टर, अर्थात् १० पटकको अवतरण अनुमति छ ।
क्यानकै बदमासीका कारण प्रधानमन्त्री प्रचण्ड दुबई जाने बेला ३२ जना यात्रु मात्रै छुटेनन्, अति विशिष्ट व्यक्तिको उडानसम्बन्धी प्रोटोकलमा गम्भीर त्रुटि भयो । उडान समयलाई दुई घण्टाअगाडि (प्रिपोण्ड) सारियो । तर, उडान समयचाहिँ फेरि आधा घण्टा ढिलो (पोष्टपण्ड) भयो । अरुको हैन, क्यान आफ्नै कारणले प्रधानमन्त्रीको उडान त्यसरी ढिलो भयो । किनभने, उसले अरुलाई उडान अनुमति दियो, राष्ट्रिय ध्वजावाहकलाई एयरपोर्टमै अड्काइदियो । यस्तो स्थितिमा नोटाम जारी गरेर सबै जहाजलाई होल्ड गर्दै भिभिआइपीको उडान गर्नुपर्ने हो । ‘नोटाम’ भनेको विमानस्थल प्रशासनले जारी गर्ने अत्यावश्यक र अनिवार्य पालना गरिनुपर्ने सूचना हो । तर, त्यस्तो गरिएन । यो हेलचेक्र्याइँउपर आजसम्म मन्त्रालयले कुनै पनि कदम चालेको छैन ।
अर्कातिर, प्रेमिका पोस्ने चक्कर छ । उपप्रधानमन्त्रीकी प्रेमिका भन्दै हालै केही महिलालाई निजी विमानसेवाको परिचारिका (एयर होस्टेस) मा भर्ना गरियो । एकजना पूर्वप्रधानमन्त्रीकी प्रेमिका हुँ भन्ने न्यौपाने थरकी महिला छिन् । यी सबैलाई जागिर लगाइदिने क्यानका महानिर्देशक प्रदीप हुन् । मान्छेको सबैभन्दा ठूलो कमजोरी महिला ।
अनि, नेताका प्रेमिकासँगै सम्पर्क भएपछि ती नेताले जागिर लगाइदिने मान्छेसँग न निहुँ खोज्छन्, न त उनको इच्छाविपरित केही गर्न नै दिन्छन् । भनिन्छ, प्रदीप यसो गर्दै अटेरी भएका हुन् । उनैले हो, केही समयअगाडि वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या.रामेश्वर थापालाई थुन्ने योजना बनाएको ।
टिप्पणीहरू