रोजिना म्याडम, यो कस्तो चाला हो ?

रोजिना म्याडम, यो कस्तो चाला हो ?

जनआस्थाले २०७९ साल मंसिर २३ गते ‘कसैले नागरिकताबिना पार्टी खोल्ने, कसैले विदेशी भएर पनि मतदान गर्ने ?’ शीर्षकअन्तर्गत समाचार छाप्दा रोजिना प्रधान राईले आफू विदेशी नागरिक नभई नेपाली नै भएको दाबी गरेकी थिइन् । अहिले फेरि उनी गैरआवासीय नेपाली संघको विवादास्पद निर्वाचनपछि एकाएक चर्चामा आएकी छन् ।

एमालेको भ्रातृ संगठन प्रवासी नेपाली मञ्चका केही नेताको जोडबलमा कांग्रेस समर्थक रोजिनाले अध्यक्षको उम्मेदवारी हात पार्न सफल भए पनि निर्वाचन भने हारिन् । कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री र तत्कालीन कानुनमन्त्री केदार कार्कीको समीपमा रहेर विभिन्न काम गर्न भन्दै प्रायःजसो नेपाल आउने रोजिनाले ४ मे २०२३ मा बेलायतमा स्थानीय काउन्सिलको निर्वाचनमा त्युकस्बरी बरोको वडा सदस्यका निम्ति कञ्जरभेटिभ पार्टीबाट ३३८ मत पाएर चौथो भएकी थिइन् भने इनस्वर्थ पेरिस काउन्सिलमा निर्विरोध सदस्य छानिइन् ।

बेलायती कानुनअनुसार कमनवेल्थ राष्ट्रका सदस्यबाहेक अन्य देशको नागरिकले मत खसाल्ने र निर्वाचित हुने अधिकार पाउँदैन । बेलायती कम्पनी हाउसमा उनी पाँचवटा कम्पनीको निर्देशक भएर राजीनामा दिएको देखिन्छ । पहिलो पानामा नेपाली नागरिक उल्लेख गरे पनि भित्र बेलायती लेखिएको प्रष्टै हेर्न सकिन्छ । पतिलाई पनि कुनैमा नेपाली र कुनैमा बेलायती भनी लेखेको पाइन्छ । गोकर्णप्रसाद श्रेष्ठसँग उनले मिलेर खोलेको आइडियाज फर वल्र्ड कम्पनी भने अहिले बन्द छ ।

 

शुरुमा महिला सचिव पदका निम्ति उम्मेदवारी घोषणा गरेर अन्तिममा महेश श्रेष्ठ र आर के शर्मा दुवैको प्यानलबाट साझा महिला उपाध्यक्ष्य बन्न पुगिन् । एमालेका केही नेताले सचिवमा आफ्नो उम्मेदवार टीका गुरुङसँग चुनाव लड्न नदिएर कांग्रेसकी यास्मिन बेगामविरुद्ध उनलाई उठाएको छर्लंग भयो । यास्मिन जित्दा अर्को पटक अध्यक्ष हुन् चाहनेहरूलाई चुनौतीसमेत हुन सक्ने भएकाले रोजिनालाई उठाइएको हुनुपर्छ भन्नेहरू धेरै छन् । 

कांग्रेस पार्टीमा ठूला नेताहरूसँग सम्बन्ध भएका कारण सरकारले आफूलाई नै मान्यता दिने भन्दै श्रीमान् हीराधन राई र नेपालमै बसोबास गर्ने अतुल कोइरालालाई समेत सल्लाहकार समितिमा मनोनीत गर्न सफल भएकी उनको प्रचारमा भर्खर मुख्यमन्त्री बनेका केदार कार्की सोल्टी होटलसम्म आएर घण्टौं बसी भोट मागेका थिए । त्यति मात्र हैन, सुरक्षामा खतरा छ भनेर सरकारी महिला पीएसओ चुनावभरि साथ लगाएर हिँडेकी थिइन् ।

एक महिलाले समाजलाई योगदान दिन खोज्नु आफैँ मा राम्रो विषय हो । तर, आफ्नो फेसबुकमा ‘इमानदारी नै उत्तम नीति हो’ भनेर लेख्नु अनि विदेशी नागरिकता लिएर पनि हैन भनी प्रतिवाद गनी कुन नैतिकता भित्र पर्ला ? राजनीतिक रूपमा कांग्रेस बन्ने, एमाले र माओवादीको साथ लिने अनि स्वतन्त्र पार्टीको गीत गाउँदै हिँड्नुको अर्थ के होला ?

– देखी जान्नेहरू

 

टिप्पणीहरू