लुम्बिनीमा डेढ सय मत खस्यो
राष्ट्रिय सभाका सदस्यका लागि सातै प्रदेशका मुकाममा मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि भएको मतदानमा डेढ घण्टाको अवधिमा लुम्बिनीमा डेढ सय मत खसेको छ ।
रिक्त १९ सदस्यका लागि भएको निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्दै छन् । आजको निर्वाचनमा कुल ५१ जना उम्मेदवार छन् ।
टिप्पणीहरू