संसद बोलाएकोबारे सांसदहरुलाई सूचना

संसद बोलाएकोबारे सांसदहरुलाई सूचना

संघीय संसदको आगामी अधिवेशन आह्वान भएकोबारे सांसदहरुलाई जानकारी औपचारिक जानकारी गराइएको छ । 

संसद सचिवालयले 'अत्यन्त जरुरी सूचना' प्रकाशित गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेको जानकारीसहित उपस्थितिका लागि सांसदहरुलाई अनुरोधसमेत गरेको छ । 

संसदको अधिवेशन आगामी माघ २२ गते अपराह्न चार बजे बस्नेगरी बोलाइएको छ । राष्ट्रपति कार्यालयले हिजो अधिवेशन आह्वान गरेको सूचना निकालेको थियो ।

टिप्पणीहरू