कर्णालीमा शतप्रतिशत मतदान

कर्णालीमा शतप्रतिशत मतदान

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । आज बिहान ९ बजेदेखि शुरु भएको मतदान मध्याह्न १२ बजे सम्पन्न भएको हो । 

कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदाता छन् । जसमध्ये प्रदेशतर्फ ४० र स्थानीय तहतर्फ १५६ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीमा तीन पदका लागि भएको निर्वाचनमा दलित, महिला र अन्य तर्फ सत्तारुढ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । 

मतदानको अवधि ३ बजेसम्मका लागि तोकिए पनि त्यसअघि नै सबै मतदाताले भोट हालेका हुन् । आजै साँझ परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।
 

टिप्पणीहरू