पोखरामा प्याराग्लाइडरहरुबीच मारामार

पोखरामा प्याराग्लाइडरहरुबीच मारामार

साहसिक खेल पर्यटनको नाममा परिचित पोखराको प्याराग्लाइडिङ व्यवसाय आपसी द्वन्द्वमा फस्दै जाँदा व्यवसाय नै अस्तित्वको संकटमा परेको छ । यहाँ क्रियाशील ६० वटा प्याराग्लाइडिङ कम्पनी दुई गुटमा विभाजित भई अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि घाटाको व्यवसाय गर्न बाध्य छन् । यो आपसी द्वन्द्वका कारण १६ हजार यदुवंशी आपसी द्वन्द्वका कारण सकिएझैँ प्याराग्लाइडिङ व्यवसायी सकिने अवस्थामा पुगेका छन् । यसअघि एक उडानको १२ हजार उठाउँदै आएका व्यवसायीले हाल जम्मा २५ प्रतिशत रकम अर्थात् ३ हजारमा उडाउन थालेका छन् । 

प्याराग्लाइडिङ कम्पनीले यसअघि एकै बास्केटमा गेष्ट जम्मा पारी बाँडेर आलोपालो उडान भर्दै आएका थिए । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनीलबहादुर भट्टराई स्वयं नेपाली र सार्क मुलुकका नागरिकलाई यो रेट बढी भएको बताउँछन् तर १८ महिनादेखिको महँगो रेटमा कम गर्न तयार छैनन् ।

सिण्डिकेट नगरी स्वस्थ प्रतिस्पर्धाको आधारमा व्यवसाय गर्नुपर्छ भन्ने समूहमा पोखरा एड्रिनलिन, सनराइज, एभिया, हनुमान, फ्लाइ जोन, ब्लु स्काईलगायतका नाम चलेका १३ वटा कम्पनीका सञ्चालक छन् । उसले लिखित असहमति व्यक्त गरेकै दिन २७ गते नेपाल हवाइ खेलकुद संस्थाले बुकिङ सिस्टम रद्द गरिएको भन्दै दर रेट खुला गरेको सूचना जारी गरेको थियोे । त्यही सूचना सिण्डिकेट तोड्ने अस्त्र बनेको छ । 

अर्को समूहका ४४ जना व्यवसायीलाई हवाइ खेलकुद संस्थाका पदाधिकारी र सदस्यहरूको साथ प्राप्त छ । १३ भाइका तर्फबाट पाइलट् बाँड्ने विषयमा असहमति व्यक्त गरिएकै दिन विकसित घटनाक्रमले इगो बढाएको छ । बहुमतले १३ भाइ समूहलाई टेकअफ र ल्यान्डिङ स्पेससमेत नदिएका कारण माघ १ गतेबाट उडान प्रतिबन्ध लगाइएको छ । मान्द्रेढुंगामा खोजिएको टेकफ स्थल प्रमाणीकरण हुन बाँकी रहेकाले पाइलट बाँड्न असहमत रहेको पक्षले बुकिङ गरेका गेष्टलाई समेत उडाउन पाएको छैन । ल्ब्ब् का अध्यक्ष सुनिलबहादुर भट्टराईले नयाँ टेकअफ स्थानको लागि निवेदन आएको र नागरिक उड्डयन प्राधिकरणमा पठाइएको बताए । 

यसअघि पनि सिण्डिकेट तोडिएको विरुद्ध पाइलटहरूले १५ दिनसम्म सेवा ठप्प पारेका थिए । क्यानको निर्देशनपछि ३१ डिसेम्बरबाट उडान शुरु भएको हो । बैंकको ऋण लिएर गरेको करोडाँैको लगानी डुब्न सक्ने हुँदा विदेश भासिनु पर्ने भन्दै एक युवा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । पोखरा एडिनलिन प्याराग्लाइडिङका सञ्चालिका कमला नेपालीका अनुसार एउटा गेष्ट उडान खर्चको औसत लागत ७ हजार पर्छ । १२ हजार लिन मिल्ने, ३ हजार लिन पनि मिल्ने यो कस्तो व्यवसाय हो ? यसको दर रेट कसले तोक्ने ? अबका दिनमा नागरिक उड्डयन प्राधिकरण, जिल्ला प्रशासन र उपभोक्ता अधिकारकर्मीले प्रति उडानको रेट तोक्नु आवश्यक छ ।

– यदुनाथ बञ्जारा 

 

टिप्पणीहरू