मागियो टुँडिखेल, दिइयो भृकुण्टीमण्डप

मागियो टुँडिखेल, दिइयो भृकुण्टीमण्डप

राजतन्त्र फर्काउने अभियानअन्तर्गत भोलिदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ लाई टुँडिखेलमा विरोध कार्यक्रम गर्न सरकारले रोक लगाएको छ । महाअभियानलाई भृकुटीमण्डलमा आमसभा गर्न अनुमति दिइएको बताइएको छ ।

प्रसाईले आज सामाजिक सञ्जालमार्फत भोलि बिहान ११ बजे भृकुण्डीमण्डपमा आमसभा गर्ने जानकारी दिएका छन । उनले गत पुस २१ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र लेखेर फागुन १ गते टुँडिखेलमा आमसभा गर्न अनुमति मागेका थिए । तर अहिले नदिएपछि आक्रोशसमेत पोखेका छन् । 

लेखेका छन्, ‘२०८० पुस २१ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पत्र पठाएर फागुन १ गतेको लागि आमसभा गर्न स्थान मागेकोमा हामीलाई टुँडिखेलमा कार्यक्रम गर्नुहोस् भनेर सिडिओले पटक पटक भनेकै हुन् तर आज आएर टुँडिखेलमा हुन्न तपाईंहरु भृकुण्टीमण्डलमा कार्यक्रम गर्नुहोस् भनेर तोकिएको ठाउँ दिएनन् र त्यहाँ चिनियाँहरुलाई कार्यक्रम गर्न स्थान उपलब्ध गराएका छन् ।’

‘चिनियाँले कार्यक्रम गर्न स्थान पाउँछन् तर हामी नेपालीहरुले आफ्नै देशमा सभा गर्ने ठाउँसम्म पाउँदैनौं । धिक्कार होस् तिम्रा गणतन्त्रमा बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रता ! अब त अति भएन र ?,’ उनले थप लेखेका छन् ।

टिप्पणीहरू