अशोक सिग्देलपछिका सेनापति अनुप !

प्रधान सेनापति प्रभुराम शर्माले आगामी भदौमा अवकाश पाएपछि अशोक सिग्देलले त्यो ठाउँ लिने पक्का छ । ‘उनीपछिका चिफ नि ?’ त्यो अन्यौल पनि आजबाट चिरियो ।
अनुपजंग थापाले आज दुई तारे जर्नेलको फुलि लगाएपछि सिग्देलको कार्यकालपछि सेनाको प्रमुख बन्ने बाटो खुलेको बताइन्छ ।
यसअघि उक्त लाइनमा मधुकर कार्की थिए । तत्कालीन अधिराजकुमार निराजन शाहको अंगरक्षक रहेका उनीमाथि पछिल्लो समय अमेरिकास्थित नेपाली दूतावासमा छँदा आर्थिक अनियमितताको आरोप लागेको हो । दूतावासको भवन खरिदमा भएको अनियमिततामा उनको पनि संलग्नताको आरोप लागेको थियो । उक्त भवन राजदूत डा. अर्जुन कार्कीको पालामा किनिएको हो ।
टिप्पणीहरू