निम्तो दिन जाँदा टाउकोमा चिर्पट

निम्तो दिन जाँदा टाउकोमा चिर्पट

नेपालीमा एउटा भनाइ छ, आफ्ना छोरी नखरमाउली तन्नेरीलाई दोष श्रीमतीमाथि शंका गरेर निम्तो दिन आएका भेना नाता पर्ने एक आफन्तको खप्पर फोरेर रक्ताम्य पारिदिएपछि प्रहरीका भूपू असई हिरासतमा पुगेका छन् ।

गत १० गते सुन्दरबजार नगरपालिका –९ का ईश्वर सुवर्णकारले छोरीको भात खुवाई कार्यक्रम (पास्नी) राखेका थिए । लामो समय विदेश बसेर फर्किएका उनी नाताले साला पर्ने र बसाइँका हिसाबले पनि छिमेकी दोर्दी गाउँपालिका –१ स्थायी ठेगाना भई हाल सुन्दरबजार नगरपालिका – ९ फूलबारीमै बस्ने रत्नबहादुर बिकलाई निम्तो दिन पुग्दा उल्टै मरणासन्न हुने गरी कुटिए ।

यही फागुन ०७ गते समय साँझ ६ः०० बजेतिर बिकको घरमा पुगेका ईश्वरलाई देख्नेबित्तिकै तँ को होस् ? साला खाते किन मेरो घर आइस् ? भन्दै एक्कासी चिरपट दाउराले पछाडिबाट टाउकोमा प्रहार गरेको र श्रीमती अम्बिकाले किन हान्नुभएको भन्दै चिच्याएको बताइन्छ । श्रीमतीसँग खुकुरी र खुँडा मागेर यसलाई यहीँ मार्छु भन्न थालेपछि छिमेकीले चाल पाएर छुट्ट्याएका थिए ।

हात र टाउको भरी चोटैचोट भएका ईश्वरलाई उठाएर आफन्तले स्थानीय भोटेओडार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि चितवन मेडिकल कलेज (सीएमसी) पुर्‍याइएको ​​​​​​छ । टाउकोमा र हातमा २४÷२५ वटा टाँका मारिएको पीडित सुवर्णकारकी श्रीमती कौशिला रामदामले जनआस्थालाई जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय लमजुङमा सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताबिरुद्ध कसुरको महलबमोजिम हदैसम्म कारवाही माग गर्दै किटानी उजुरी दिएकी छन् । घटनालगत्तै इलाका प्रहरी कार्यालयले निज बिकलाई पक्राउ गरी जिल्ला चलान गरेको छ ।


 

टिप्पणीहरू