सर्वोच्चमा एक जना श्रीमान रिक्त

सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आजदेखि अवकाश पाउनुभएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि दोश्रो वरियतामा रहनुभएका न्यायाधीश खतिवडाले उमेर हदका कारण अवकाश पाउनुभएको हो ।
उहाँको जन्म वि.सं. २०१५ फागुन २३ गते उदयपुरमा भएको थियो । २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएका खतिवडा त्यसअघि २० वर्षभन्दा बढी जिल्ला अदालत र पुनरावेदन अदालतको न्यायाधीश हुनुहुन्थ्यो ।
खतिवडाको अवकाशपछि सर्वोच्चमा दोस्रो वरियतामा न्यायाधीश डा. आनन्दमोहन भट्टराई हुनुहुनेछ ।
टिप्पणीहरू