उपमेयरले लगाइन् प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा
गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकरले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको कार्यकक्षमा ताल्चा लगाएकी छन् । नगरपालिकाको १३ औं नगरसभा समापनपछि थोकरले को कार्यकक्षमा ताला लगाइएको बताइएको छ ।
नगरसभामा प्रस्तुत कार्यसूचीमा दफावार छलफलका लागि समय उपलब्ध गराउन आग्रह गर्दा नदिएपछि ताल्चा लगाइएको बताइएको छ । काँग्रेसबाट निर्वाचित उपमेयर र नगर सभा सदस्यहरूले आफ्नो आवाजलाई बेवास्ता गरी एकलौटी ढङ्गले सभा अन्त्यको घोषणा गरिएको आरोप लगाएका छन् ।
मेयरको रवैयामा प्रमुख प्रशासकीय अधिकृतको समन्वयकारी भूमिका देखिएकाले ताल्चा लगाउनुपरेको उनीहरुको दावी छ । नगरपालिका मेयर कृष्णबहादुर राना मगरले सबै विधि र प्रक्रिया पूरा गरेर सभा सञ्चालन गरिएको बताउनु बताएका छन् ।
उपप्रमुख थोकरसहित काँग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरूले जारी गरेको विज्ञप्तिमा मेयर र प्रमुख प्रशासकीय अधिकृतले नगर सभाको प्रतिवेदनहरूमाथि छलफल नगराएकोमा आपत्ति जनाएका छन् ।
टिप्पणीहरू