मातेका हाकिमले युवतीलाई पठाएको म्यासेज

मातेका हाकिमले युवतीलाई पठाएको म्यासेज

बेहोसीमा पठाएको एउटा म्यासेजले होस खुल्दा हाकिमलाई तनाव ! यौन दुव्र्यवहारमा मुछिएर दोहोरी गायक कृष्ण कँडेल, हाँस्यकलाकार पवन खतिवडादेखि एमाले नेता महेश बस्नेतसम्मले बर्बादी भोगिरहँदा एक जना सहसचिव उस्तै फण्डामा परेका छन् । तर, पीडित कर्मचारीले नै आफ्ना हाकिमलाई खुइल्याउनतिर नलागी आफ्नो ‘करिअर’ हेरेर बाटो लागेपछि तत्कालका लागि केश सामसुम भएको छ, मीनभवनतिर । 

सेवाग्राहीलाई लाइसेन्स दिनुपर्ने कार्यालयका हाकिमले आफ्नै कर्मचारीसँग अर्कै कुरा माग्दा यातायात व्यवस्था विभाग नै दुर्गन्धित हुन पुगेको छ । यो काण्डमा मुछिएका सहसचिव हुन्– उद्धव रिजाल । उनले जुनियर कर्मचारीलाई सिधै शारीरिक सम्पर्कको प्रस्ताव राखेपछि मच्चिएको तरंग विभाग हुँदै सिंहदरबारसम्म पुगेको छ । 

रिजाल केही दिनपहिले निर्देशक नरहरि तिवारी र लेखा अधिकृत यज्ञ रेग्मीसँगै पोखरा हुँदै पर्वत पुगेका थिए । बेलुका तीन पानी चढाएपछि नशाकै तालमा कर्मचारीलाई म्यासेज पठाए तर बेहोसीमा पठाएको म्यासेजले होशमा आएपछि तनाव दियो । उनी पोखराबाट फर्किंदा उक्त म्यासेज ‘भुसको आगोझैं’ फैलिसकेको थियो । उनको अघि अरु महिला कर्मचारी उभिनै डर मान्ने स्थिति बनिसकेको थियो । धन्न, उनले हाकिमलाई सबै कर्मचारीको अगाडि झपारिनन् । मुद्दा मामिला, मिडियाबाजीतिर लाग्दा आफ्नो करियरै चौपट्ट हुने देखिन् । यथेष्ट प्रमाण हुँदाहुँदै पनि मनभरि पीडा बोकेर अनामनगरस्थित अर्काे कार्यालयमा हाजिर भइसकेकी छन्, चार दिनअगाडि । यो विषय विभाग हुँदै भौतिक पूर्वाधार मन्त्रालयसम्म पुगिसकेको छ । यस विषयमा ती हाकिमसँग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । 

उसो त निजामती क्षेत्रमा केही केही ‘भालेहरू’ डामेर छाडेका साँढेजस्ता छन् । भ्रष्टाचारमा डामिए चोख्याउन विशेष अदालतका श्रीमान् छन्, यौनजन्य÷अश्लील हर्कतमा मुछिए सामान्य प्रशासनका हाकिमहरूले बचाइहाल्छन् । विगतमा यस्तै काण्डमा मुछिएका ५ हाकिममध्ये १ मात्र कारागारमा छन्, बाँकीले गर्वका साथ जिम्मेवारी सम्हालिरहेका छन् । चाहे कार्यालयमै लेखा अधिकृतसँग यौनजन्य गतिविधि गर्ने हाकिम काजीमान राई हुन् वा क्वार्टरमै डिभोर्सी महिलासँग चुम्माचाटी गर्ने हाकिम (उपसचिव) डमरु निरौला, उनीहरूमाथि विभागीय मन्त्रालयले कारवाही त परको कुरा सामान्य केरकारसम्म गरेन ।

गत भदौमै चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारी ३५ वर्षे कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा पुगे तर न्यायाधीश मातृकाप्रसाद आचार्यले २५ हजार रूपैयाँ मात्र लिएर धरौटीमा छाडिदिए । यस्तै काण्डमा मुछिएका इञ्जिनियर हरिकुमार पोखरेल जेलमा छन् । निजामती सेवा ऐन ०४९ मा सजायँसम्बन्धी व्यवस्था छ । ऐनको दफा ५९ ले सामान्य सजायँअन्तर्गत नसिहत, दुईदेखि पाँच वर्षसम्म बढुवादेखि तलब वृद्धिसम्म रोक्काको व्यवस्था गरेको छ । भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्तसम्म गर्न सक्ने व्यवस्था ऐनमा भए पनि कार्यान्वयन नगर्ने परिपाटीले निजामती वृत्तमा दण्डहीनता मौलाउँदै गएको भनी चिन्ता पोख्छन्, प्रशासकहरू । 

उता, दुई सचिवबीचको पत्र युद्धले सिंहदरबारमा तरंग ल्याइरहेको छ । कृष्ण सिटौलानिकट खानेपानी सचिव सुरेश आचार्य र विमलेन्द्र निधिको खास ठानिएका राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साहबीच स्पष्टीकरण पत्र काट्ने होडबाजी चलिरहेको छ । साहलाई खानेपानीबाट लखेटेर उक्त मन्त्रालयमा फड्को मारेसँगै सुरेश बिदा स्वीकृत नगराई कूटनीतिक राहदानी प्रयोग गरेर इण्डियाको एउटा कार्यक्रममा पुगेको, कर्मचारीको कोटामा खानेपानी मन्त्रीका छोरालाई लगेको बारे स्पष्टीकरण पत्र सोधेको जवाफमा साहको तरुनी काण्डदेखि पेट्रोल पम्पको ठगी काण्डसम्मका भिडियो पठाएपछि पत्रयुद्ध शुरु भएको बताइएको छ । 

 

टिप्पणीहरू