जान लागेको दुबई, समातेर पुर्याइयो दिल्ली

जान लागेको दुबई, समातेर पुर्याइयो दिल्ली

काठमाडौंबाट दोहा जान लागेका एक जना भारतीय नागरिकलाई नयाँ दिल्ली पुर्याएर त्यहाँको प्रहरीलाई बुझाइएको छ । भारतमा आर्थिक अपराध गरेको अभियोगमा अनुसन्धानमा रहेका ४४ वर्षे भारतीय नागरिक पुनित कुमारलाई नेपाल प्रहरीले हिजो "सुपुर्दगी" गरेको बुझिएको छ । 

उनी एक महिनाअघि भागेर नेपाल आई लुकी बसेका थिए । हिजो साँझ ७ बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ बाट दोहा हुँदै दुबई जान लागेका उनलाई अध्यागमनमा भारतीय दूतावासले जारी गरेको सहमति पत्र (एनओसी) पेश गर्न नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । काठमाडौंबाट तेस्रो मुलुक जाने भारतीयले लैनचौरस्थित दूतावासको एनओसी पेश गर्नुपर्ने प्रावधान छ ।

हरियाणाको पालवालाका पुनितलाई हिजो नेपाल प्रहरीका नायव निरीक्षक रमेश दुलालको साथमा एअर इण्डियाको उडान नम्बर एआई २१२ मा राखेर राति पौने १० बजे नयाँ दिल्ली उडाइएको हो । त्यसअघि विमानस्थलमा रहेको प्रहरी टोलीले उनीसँग लामो सोधपुछ गरेको बताइन्छ । 

राजधानी नयाँ दिल्ली बस्ने गरेका उनी पटकपटक दुबई गएको राहदानीबाट देखिएको प्रहरीको भनाइ छ । पुनित र दुलालको हवाई टिकट काठमाडौंस्थित भारतीय दूतावासले बन्दोबस्त गरेको बुझिएको छ ।

हरियाणाको पालवालाका पुनितलाई हिजो नेपाल प्रहरीका नायव निरीक्षक रमेश दुलालको साथमा एअर इण्डियाको उडान नम्बर एआई २१२ मा राखेर राति पौने १० बजे नयाँ दिल्ली उडाइएको हो । त्यसअघि विमानस्थलमा रहेको प्रहरी टोलीले उनीसँग लामो सोधपुछ गरेको बताइन्छ ।

नेपालको सुपुर्दुगी ऐन २०७० को दफा ३ मा नेपालभित्र पक्राउ परेका विदेशी कसूरदार सम्बन्धित मुलुकलाई हस्तान्तरण गर्न सकिने प्रावधान छ । ऐनको दफा ४ को ‘ग’ अनुसारको कसुर गरेको बुझिएकाले उनलाई सुपुर्दुगी गरिएको प्रहरीको भनाइ छ ।

यद्यपी यसअघि वि.सं. १९१२ मा नेपाल–तिब्बतबीच भएको थापाथली सन्धिमा सुपुर्दुगीको सम्झौता भए पनि नवीकरण गरिएको छैन । भारतसँग हालसम्म त्यस्तो सन्धि भएको देखिँदैन । दुई मुलुकका अधिकारीहरुबीच आपसी सहमतिमा हालसम्म नेपालतर्फबाट भारतीय पक्षलाई सहयोग गरिँदै आएको अवस्था छ ।

यसरी कसूरदार सुपुर्दगी गरिँदा ऐनको दफा ३ को ‘क’ अनुसार दुई मुलुकबीच सन्धिमा हस्ताक्षर अनिवार्य भएको हुनुपर्ने कानुनी व्यवस्था छ तर आवश्यकताअनुसार भारतमा गुपचुप पुर्याउने र उताबाट छोटेमोटे अपराधी ल्याउने काम भइरहेको गृह मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू