एमालेलाई उम्मेदवार उठाउन किन भयो हतारो

एमालेलाई उम्मेदवार उठाउन किन भयो हतारो

बझाङमा हुन गइरहेको उपनिर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवारी दिन हतारो गरेको गुनासो माओवादी पक्ष थालेको छ। सुदूरपश्चिम इञ्चार्ज रहेका उपमहासचिव गिरिराजमणि पोखरेलले आफ्ना आन्तरिक बैठकमा एमालेले पहिले उम्मेदवारी दिएपछि तालमेलको सम्भावना क्षीण भएको बताएको स्रोत भनाइ छ । यद्यपि, चैत २४ गते बिहानसम्म त्यो प्रयास जारी रहने उनले बताउँदै आएका छन् ।

बझाङका एमालेले भने आफूहरू जित्ने पक्का भन्दै अध्यक्ष केपी ओलीसहितका नेतालाई विश्वास दिलाएको बताइन्छ । एमालेका नेताहरूको भनाइमा २०७९ को प्रदेशसभा चुनावमा कांग्रेस, माओवादी र समाजवादी गठबन्धन हुँदा पनि एमालेले तीन हजार ७७६ मतले पराजय भोग्नुपर्‍यो ।

अब सके माओवादी समाजवादीलाई साथमा लिने नत्र चारै दल एक्लाएक्लै उम्मेदवार बन्दा एमाले पक्कापक्की जित्ने हिसाब शीर्ष नेताहरूलाई दिइएपछि एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उठाएको हो । एमालेले ०७९ को चुनावमा प्रदेशसभातर्फ १३ हजार ३३६ र कांग्रेसले समाजवादी र माओवादीको सहयोगमा १७ हजार ११२ मत पाएको थियो ।

त्यतिबेलाका एमाले उम्मेदवार अफिलाल उखेडाभन्दा अहिलेका दमन भण्डारी बलियो रहेको बताइन्छ । भण्डारी १० बुँदे सहमतिपछि एमालेमै छन् । आफ्ना १३ हजार मत जोगाउन सके जित निश्चित रहेको दाबी एमालेको छ । कांग्रेसले पाएका १७ हजारमध्ये ६ हजार माओवादी र तीन हजार समाजवादीको भएको अनुमान छ, त्यसपछि कांग्रेसको यथार्थ भोट ८ हजार रहने बताइन्छ ।

अर्कोतिर एमाले जिताउन मद्दत पुग्ने भन्दै उम्मेदवार भण्डारी र अफिलाल उखेडासहितले दवाव दिएपछि केन्द्रीय सदस्य ऐन महरमाथिको कारबाही फुकुवा भएको बताइन्छ । महासचिव शंकर पोखरेल भने महर स्थायी समिति सदस्य कर्णबहादुर थापानिकट रहेकोले कारबाही फुकुवा गर्न असहमत थिए भनिन्छ । 

आफ्नोले टिकट नपाउने भएपछि अर्जुनजंग बिमारी

गत साता पूर्वमन्त्री, पूर्वराजदूत र पूर्वकेन्द्रीय सदस्यसमेत रहेका अर्जुनजंगबहादुर सिंह पुराना नेता सत्यराज भण्डारीलाई प्रदेश सभाको उम्मेदवार बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका थिए । देउवाका निकै नजिक मानिने सिंहको कुरा नै राम्ररी नसुनेर देउवाले हुन्न, हुन्न अभिषेक सिंह हुन्छ, ऊ जित्छ, तँलाई थाहै छैन भनेर तथानाम थर्काएपछि सिंह बिमारी भएर अस्पताल भर्ना भएका छन् । सिंहले देउवाको गालीले तनावमा आएपछि मदिरा धेरै पिएर अस्पताल भर्ना भएको बताइन्छ । 

४० वर्षीय अभिषेक सिंह प्रदेशका पूर्वमन्त्री स्व. पृथ्वीबहादुर सिंहका छोरा हुन् । सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । उनले गत स्थानीय चुनावमा जयपृथ्वी नगरपालिका–५ को वडाध्यक्षमा हारेका थिए । सो वडामा एकीकृत समाजवादीनिकट स्वतन्त्र उम्मेदवारले जित्दा उनले तेस्रो मत पाए । स्वतन्त्रले २७१, एमालेले २१५ र अभिषेकले २०१ मत पाएका थिए ।

वडामै हारेकोलाई बाबुकै कारण टिकट दिनु हुन्न भन्ने मत कांग्रेसमा बढी छ । अहिले फरक गुटमा रहेका कांग्रेस नेता रमेश लेखक र एनपी साउद आ–आफ्नै तरिकाले अवसर नपाएका जगतप्रसाद जोशीलाई उम्मेदवार बनाउने प्रयासमा जुटेको बताइन्छ । जोशी र सिंह सोही क्षेत्रका हुन् भने सत्यराज भण्डारी प्रदेश क्षेत्र नम्बर २ का बासिन्दा हुन् । सिंह वा जोशी जो उम्मेदवार बने पनि एउटाले नेता बुवाको मृत्यु भएको, अर्कोले लामो समयसम्म राजनीतिमा भएर पनि अवसर नपाएको भन्दै सहानुभूतिमा केही मत मात्र थप्न सक्ने तर जित्न नसक्ने बताइन्छ । 

सुदूरपश्चिममा सरकार बनाउन संकट

सुदूरपश्चिममा अहिलेको सरकार टिकाउन र नयाँ बनाउन कठिन हुने देखिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको सरकार टिकाउन उन्मुक्ति एकढिक्का भएर मात्र पुग्दैन स्वतन्त्र र राप्रपाका दुई मत पनि पाउनुपर्छ, तर त्यो सम्भावना निकै कम छ भने अर्कोतर उन्मुक्ति एक ढिक्का हुन कठिन छ । 

उनले कसरी अरुणलाई मन्त्री बन्नबाट रोक्न सकिन्छ भनेर प्रयास गरिरहेका छन् तर रञ्जिता बाधक भएपछि सुदूरपश्चिमको बहानामा श्रीमतीसँग झगडा गरिरहेको बताइन्छ ।

सरकार कायम रहन हाल रहेको ५२ सदस्यीय प्रदेश सभामा २७ मत चाहिन्छ । अहिले कांग्रेससित १८ र उन्मुक्तिसँग सात मत छ । उन्मुक्तिमा दुई जनाले कुनै पनि हालतमा अहिलेको सरकारलाई मत नदिने बताइन्छ । त्यसो हुँदा दलका नेता घनश्याम चौधरीले दुई जनालाई हटाउने प्रयास गर्न सक्छन् तर त्यो कुरा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले नमान्दा कारबाही हुँदैन भने प्रदेश सभामा सभामुख माओवादीको भएकाले दलका नेताले भनेजस्तो हुन नसक्ने अनुमान छ । एमालेका १०, माओवादीका १० र समाजवादीका चार जना जोड्दा २४ जना मात्र पुग्छन् ।

स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी नयाँ सरकार बनाउन सहयोगी बन्नेछन् नै तर त्यसपछि पनि दुई मत आवश्यक पर्छ । त्यसबेला उन्मुक्तिले के गर्ला चासो र प्रतीक्षाको विषय बनेको छ । धेरैले कांग्रेसका मुख्यमन्त्री शाहको सरकार ढलेमा मुख्यमन्त्री वा मन्त्री खान पनि उन्मुक्ति वाम गठबन्धनमा जोडिने अपेक्षा गरेका छन् ।

विगतमा एमालेका राजेन्द्र रावललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको उन्मुक्तिले पनि विश्वासको मत दिन मानेको थिएन र ठूलो दलको हिसाबले कांग्रेसको सरकार बन्दा कांग्रेसलाई साथ दिएको थियो । त्यो अस्थिर चरित्रका कारण उन्मुक्ति वाम गठवन्धनमा जोडिने अपेक्षा छ । उन्मुक्तिले मुख्यमन्त्री मागेमा भने एकीकृत समाजवादीले पाउने भनेको पद खोसिनेछ । यद्यपि, सत्ता समीकरणमा माहिर मानिने समाजवादी दलका नेता दीर्घ सोडारीले आफूलाई आवश्यक दुई जना रञ्जिताको सहयोगमा लिन सक्ने विश्वास गरिएको छ । 

रेशमले उताको पैसा खाएको आरोप 

टीकापुर काण्डपछि उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी भारत मात्र बसेनन् मात्र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुलेआम भेटे पनि । जबकि उनलाई नेपाल प्रहरीले खोजिरहेको थियो । भारतकै संरक्षणमा उनले सहज जीवन बिताएको बताइन्छ । उनलाई रिहा गराउन पनि प्रचण्डकै सहयोग रह्यो । अहिले उनी किन बाउँठिएका होलान् भन्ने प्रश्न उठिरहेका बेला धेरैले भारतले बाध्यतामा कांग्रेसनिकट पुर्‍याएकोबताइन्छ । मुख्यमन्त्री दिँदा पनि नलिनु भनेको उनको भारतकै दवाव भएको अनुमान छ । जबकि वाम पक्षले चाहँदा उन्मुक्ति सहजै मुख्यमन्त्री हुने अवस्था छ । रेशममाथि एमालेका तत्कालीन मुख्यमन्त्री राजेन्द्र रावल, हालका मुख्यमन्त्री कमल शाहसँग कोशेली लिएको आरोप छ । यस्तै गरेर टीकापुर काण्ड पहिले पनि आन्दोलन उठाउन उनले भारु बाँडेको चर्चा उतिबेलै थियो । 

रेशमको अर्को समस्या अरुण चौधरी

२०७९ मा अरुण चौधरीले कैलाली–२ बाट जितेपछि ०६६ मा ट्र्याक्टर जलाएको काण्डमा कारगार चलान भए । त्यतिबेला अध्यक्ष रञ्जिता चौधरीसँग निकट थिए । उनी समातिएपछि कैलाली ३ का गंगाराम चौधरीसित रञ्जिता निकट बनिन् । १८ दिनको कारोबार बसाइमा अरुण छुटेको लामो समयसम्म गंगाराम र रञ्जिताको दोस्ती राम्रै थियो । तर, पछिल्लो समय फेरि अरुण रञ्जिता निकट भएको र अब प्रधानमन्त्री प्रचण्डको सरकारमा अरुणलाई मन्त्री बनाउन खोजेको बताइन्छ । तर, रेशमको मुख्य टाउको दुखाइको विषय अरुण भएका छन् ।

उनले कसरी अरुणलाई मन्त्री बन्नबाट रोक्न सकिन्छ भनेर प्रयास गरिरहेका छन् तर रञ्जिता बाधक भएपछि सुदूरपश्चिमको बहानामा श्रीमतीसँग झगडा गरिरहेको बताइन्छ । रञ्जिताले अरुणलाई मन्त्री बनाउन खोजेपछि उनको बैंकको कालोसूची प्रकरणले रोक्न सकिन्छ कि भनेर पनि रेशमले अनेकौँ वकिललाई सोधिरहेका छन् । रञ्जिताले भने अरुणलाई मन्त्री र ससुरा लालवीर चौधरीलाई राज्यमन्त्री बनाउन खोजेकी छन् । उन्मुक्ति सरकारमा जाँदा एमाले वा माओवादीका एक मन्त्री सरकारबाट बाहिरिने अनुमान छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू