राष्ट्रियसभा उपाध्यक्ष घिमिरे एमालेबाट अलग

राष्ट्रियसभा उपाध्यक्ष घिमिरे एमालेबाट अलग

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले आफू पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ । उपाध्यक्ष पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै पार्टीको जिम्मेवारीबाट अलग भएको उहाँको भनाइ छ । 

संविधान, प्रचलित कानून र राष्ट्रिय सभा नियमावलीले निर्देशित गरेको कामहरु तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिबद्धतासमेत जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सभा सदस्य पदमा नेकपा एमालेका घिमिरे चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

टिप्पणीहरू