नेपालीपन भएको नाम

नेपालीपन भएको नाम

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अस्ति एउटा सूचना जारी गर्नुभएको थियो, काठमाडौंका सबै विद्यालयले आफ्नो अंग्रेजी नाम परिवर्तन गरेर नेपालीपन देखिने नाम राख्नुपर्छ ।

उहाँको सूचना देखेर कतिपयले त खुशी नै व्यक्त गरे । तर, उहाँको यो सूचनाले जनमानसमा भने खुशीभन्दा पनि आश्चर्य बढी जन्माएको छ । किनभने यतिबेला तपाईं यो बाहिरतिर हेर्नोस्, जहाँतहीँ ‘बालेन सिटी’ भनेर प्रचार भइरहेको देखिन्छ । स्वयम् बालेनबाटै पालित–पोषित मिडियाहरूले ‘बालेन सिटी’ भनेर प्रचार गरिरहेको पाइन्छ । अझ विशेष गरी बालेनपक्षीय युट्युबेहरू यसमा सक्रिय छन् । तर, बालेनले ती युट्युबेहरूलाई कहिल्यै कुनै पनि बेला ‘बालेन नलेख’ भनेर गाली गरेको वा सम्झाएको देखिँदैन । 

आश्चर्य भनेको यही हो । एकातिर उहाँ काठमाडौं भन्ने ऐतिहासिक शहरको नाम परिवर्तन गरेर ‘बालेन सिटी’ भन्ने अंग्रेजी नाम राख्न उद्यत हुनुहुन्छ । अर्कोतिर यही काठमाडौंमा सञ्चालित स्कुलहरूको नामचाहिँ ‘नेपालीपन’ झल्किने राख्न इच्छुक हुनुहुन्छ । यो के डबल स्ट्याण्डर्ड हो भाइ ? एकातिर ऐतिहासिक नाम बदलेर ‘बालेन सिटी’ भनी अंग्रेजी नाम हाल्ने, अर्कोतिर अंग्रेजी नामवाला स्कूलको नाम बदलेर नेपाली राख्न लगाउने ? जो त आफै शहरको नामै बदलेर अंग्रेजी राख्दैछ, उसैलाई स्कूलको नामचाहिँ नेपाली चाहिने ?कति हाँस्नु !

टिप्पणीहरू