खाली हुँदै मधेश

खाली हुँदै मधेश

यतिबेला मधेशवादी नेताहरू धमाधम लोप हुँदै जान थालेको हो ? जंगलबाट गैंडा लोप भएजस्तै मधेशबाट मधेशी नेताहरू लोप हुँदै छन् । कुनै बेला उपेन्द्र यादव भनेपछि मधेशमा एकछत्रै राज थियो । अहिले उनै उपेन्द्र यादवसँग पानी पर्दा ओढ्ने छत्रसमेत छैन । उहाँ एकाएकै देशको उपप्रधानमन्त्री र मधेशको मुख्यमन्त्रीबाट खोसुवा हुनुभएको छ । 

मधेशमा महन्थ ठाकुर भनेपछि उहाँको पनि खतरै पोजिसन हुने गथ्र्यो । अहिले महन्थ ठाकुर भनेको शोले फिल्मको सञ्जीव कुमारवाला ठाकुरजस्तै दुवै हात झिकिएको हालत छ । 

गर्जंदा अलि–अलि शेर र अलि–अलि स्याल जस्तो सुनिने राजेन्द्र महतो अहिले पार्टी–सार्टी छोडेर जोगी पोजिसनमा पुग्नुभएको छ । रेशम चौधरीले केही गर्लान् कि जस्तो लागेको थियो, श्रीमतीले गर्न दिनेजस्तो लागेन । डा. सिके राउत ओशोको पछि लागेर सन्न्यासी नै भइसक्नुभएको छ । सन्न्यासीबाट राजकाजमा के आशा गर्नु ? के मधेश अब खाली नै हुने भयो ?

टिप्पणीहरू