श्रीमान छान्न अझ पनि सास्ती नै सास्ती
वरिष्ठ मान्दैनन्, अरुले उनीबाहेक अर्को नाम जान्दैनन् । सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने सन्दर्भमा यस्तो भएको हो । वरिष्ठतम् न्यायाधीशको हैसियतले न्यायपरिषद् सदस्य रहेका डा.आनन्दमोहन भट्टराई अहिलेका महान्यायाधिवक्ता डा.दिनमणि पोखरेललाई वरिष्ठ अधिवक्ताको उपाधि दिएर न्यायाधीश बनाउने पक्षमा छैनन् । तर, न्यायपरिषदका बाँकी सदस्य उनीबाहेक अर्को नाम लैजाने पक्षमा देखिएनन् । यसर्थ आनन्दमोहन घर बसेपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्ने बताइन्छ ।
त्यस्तै, लोसपा नेता तथा पूर्वमन्त्री शरद्सिंह भण्डारीकी बहिनी, पोखरा उच्चमा कार्यरत शान्तिसिंह थापालाई सर्वोच्चमा लाने अर्को तयारी पनि छ । आनन्दमोहनचाहिँ विशेष अदालतको अध्यक्ष रहिसकेका श्रीकान्त पौडेललाई सर्वोच्चमा लाने सोचमा देखिन्छन् । शान्तिलाई लैजाने प्रस्ताव परिषद् सदस्य रामप्रसाद श्रेष्ठको हो । यद्यपि, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ जेठ १८ गते बुटवल, फर्किएर २४–२५ मा बंगलादेश जाने कारण यी काम प्रभावित हुनसक्छन् । त्यस्तै, सर्वोच्चका कामु रजिष्ट्रार हरिकृष्ण कार्की उच्चको वीरगञ्ज इजलाशका निम्ति न्यायाधीश नियुक्त भएका छन् । उनीभन्दा तलका भद्रकाली पोखरेललाई सचिव बनाउनुपर्ने भएपछि हरिकृष्णलाई न्यायाधीश बनाइएको हो ।
उता, जिल्ला न्यायाधीशको हकमा ४३ सीटको लागि हालै परीक्षा त लिइयो । तर, दुई जनाभन्दा बढी उत्तीर्ण हुने सम्भावना छैन । त्यसपछि अनुत्तीर्ण भएकैमध्येबाट न्यायाधीश नियुक्त गर्नुपर्ने बाध्यता हुन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू