ठाउँ–ठाउँमा सहकारीका सास्ती
स्थानीय तह बनेपछि डिभिजन सहकारी कार्यालयले बेनी नगरपालिकालाई ५७ सहकारी हस्तान्तरण गरेको र नगरपालिकाले दुई वटा नयाँ दर्ता गरेको थियो । त्यसमध्ये ५ वटा एकीकरणमा गएको र एउटा सहकारी खारेजीमा पुगेको बेनी नगरपालिकाकी सहकारी शाखा प्रमुख प्रभा शर्माले बताइन् ।
त्यस्तै, निष्क्रिय रहेका ११ सहकारीलाई पनि खारेजी प्रक्रियामा लैजानुपर्ने भएकाले अहिले नगरभित्र कार्यक्षेत्र भएका ४३ सहकारी मात्रै सक्रिय छन् । नगरभित्रका ४३ सहकारीमा १४ हजार पाँच सय ७० शेयर सदस्य रहेकोमा १० हजार ३९ महिला छन् । नगरभित्रका सहकारीले एक सय २५ जनालाई रोजगारी प्रदान गरेको सहकारीले एक अर्ब ६१ करोड ४७ लाख ८ हजार तीन सय ५८ रुपैयाँ ऋण लगानी गरेको शर्माले बताए ।
रजिष्ट्रार भेषराज रिजालले सहकारीको सबै समस्या बुझेर समाधानका लागि कार्यालय लागिरहेको बताए । ठूलो बचत र ठूलो ऋणले नै सहकारीलाई समस्या पारेको बताउँदै कुनै पनि लगानीमा कमसल धितो रहेको भए पुनः धितो मागेर ऋणमुताविकको जमानत बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले ११ जिल्ला हेर्नुपर्ने कार्यालयमा जनशक्तिलगायतका कारण केही अप्ठ्यारो भए पनि सहकारीको हित र दिगोपनका लागि कार्यालय लागेको बताए ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू