कलंकी चोकमा क्रसर व्यवसायीको नाराबाजी

कलंकी चोकमा क्रसर व्यवसायीको नाराबाजी

क्रसर उद्योगको लाइसेन्स नवीकरणको माग गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । 

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइमा व्यवसायीहरुले आज दिउँसो कलंकी चोकमा प्रदर्शन गरेका हुन् । त्यसअघि महासंघका वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्काको नेतृत्वमा जयमाता कालिका आयल स्टोर छेउबाट र्याली निकालिएको थियो । 

'क्रसर बालुवा तथा खानी उद्योनहरू नवीकरण गर', 'स्वदेशी लगानीको सुरक्षा गर' लेखिएका ब्यानर र प्लेकार्ड लिएर कलंकी चोकमा भेला भएका प्रदर्शनकारीले चर्को नाराबाजी गरेका छन् । त्यसक्रममा उनीहरुले 'मन्त्रिपरिषदको निर्णय कार्यनयन गर', 'स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उधोगहरूको लगानी रक्षा गर', जस्ता नारा लगा ।  

क्रसर उद्योगको लाइसेन्स नवीकरणका लागि सरकारलाई गरेको पटक-पटकको आग्रह बेवास्ता गरिएको गरेको र पछिल्लो पटक दिएको अल्टिमेटमसमेत सकिएकाले खबरदारीका लागि विरोध प्रदर्शन गर्नुपरेको व्यवसायीहरुले बताएका छन् ।

टिप्पणीहरू