लालबन्दीको घरभित्र पेस्तोल

लालबन्दीको घरभित्र पेस्तोल

सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडामा पेस्तोल फेला परेको छ । स्थानीय ५० वर्षीय रामलाल मोक्तान पेस्तोलसहित घरबाटै पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वको टोली र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले मोक्तानलाई हतियारसहित नियन्त्रणमा लिएको जनाइएको छ । 

मोक्तानले पेस्तोल घरमा लुकाएका थिए । हिजो सर्लाही जिल्ला अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू