नलिनचोकको हेलिकोप्टर पार्किङ (फोटो फिचर)

नलिनचोकको हेलिकोप्टर पार्किङ (फोटो फिचर)

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर पार्किङ र बेस भक्तपुरको नलिनचोकमा स्थानान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि क्यानले हेलिकोप्टर पार्किङ भक्तपुरमा सारिएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द गरिँदै छ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको हो ।

उक्त दिनबाट आगामी चैत मसान्तसम्म विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुनेछ । 

टिप्पणीहरू