पूजालक्षित समीक्षाकाे टिप्पणी-फिल्म चलोस्, रुदैं हिड्न नपरोस्

पूजालक्षित समीक्षाकाे टिप्पणी-फिल्म चलोस्, रुदैं हिड्न नपरोस्

गायिका समीक्षा अधिकारी र अभिनेत्री पूजा शर्माको दुश्मनी नयाँ होइन । पूजाले दुई वर्षअघि समीक्षालाई होच्याउदै पल शाहको समर्थनमा अभिव्यक्ति दिएपछि यी दुईबीचको सम्बन्ध 'पानी बाराबार'को अवस्थामा पुगेको थियो । त्यसयता दुबैले बेला-बेलामा मिडिया र सामाजिक सञ्जालमा एक-अर्कालाई कटाक्ष पनि गर्दै आएका थिए । 

तर, अहिले यी दुईबीचको सम्बन्ध समुधुर बन्दै गएको संकेत देखिएको छ । समीक्षाले आज सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै यस्तो संकेत दिएकी हुन् । 

‘सबैलाई एकदिन मर्नु नै पर्छ, बाँचुन्जेली रिस-राग र डाहा मनमा पालेर के नै हुन्छ र ?’ , उनले भनेकी छन्, ‘मलाई उठ्न धेरैले हात दिनुभएको छ, साथ दिनुभएको छ, यसै कारण म संसारकै भाग्यमानी छु झै लाग्छ।’ 

समीक्षाले आजको स्टाटस पूजालाई नै इंकित गरेर लेखेकी हुन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । किनकि उनले थप लेखेकी छन्, ‘म चाहान्छु, सबै कलाकारहरुलाई सफलता मिलोस्, उहाँहरुको गीत चलोस्, फिल्म चलोस्, रुदैं हिड्न नपरोस्।’

अहिले हलमा पूजा अभिनित चलचित्र ‘दान्भी’ प्रदर्शनरत छ । तर, चलचित्रले अपेक्षाअनुसार दर्शक पाइरहेको छैन । यस्तो अवस्थामा समीक्षाले पूजालाई ढाडस दिन स्टाटस लेखेको अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू