प्रधानमन्त्रीद्वारा नेपाल आइडल विजेतालाई गितार उपहार

प्रधानमन्त्रीद्वारा नेपाल आइडल विजेतालाई गितार उपहार

नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले बधाई दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान करणलाई प्रधानमन्त्रीले गितार उपहार दिनुभएको छ ।

सो क्रममा उहाँले खेल र सङ्गीतका मुख्य इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुःखमा आफू साथमा रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले विजेता परियारले साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् मुलुकको प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

टिप्पणीहरू