प्रधानमन्त्री रोपाईं गर्न चितवन जाने

सरकारले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाउने भएको छ । 

२१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव,२०८१ मूल समारोह समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै त्यसबारे जानकारी दिएको हो । समितिका संयोजक तथा कृषि विभागका महानिर्देशक नरहरीप्रसाद घिमिरेले असार 15 गते चितवनको बछौलीमा कार्यक्रम आयोजना हुने बताए ।

धान दिवसको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष उपस्थिति रहने बताइएको छ ।

धानको उत्पादन वृद्धि,आधुनिकिकरण र व्यवसायीककरणलाई प्रवद्र्धन गर्नेगरी २०६१ सालदेखि प्रत्यक वर्ष असार १५ गते सरकारी स्तरबाट धान दिवस मनाउने गरिएको छ । महानिर्देशक घिमिरेले यो वर्ष 'जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ  विभिन्न कार्यक्रम गरी धान दिवस मनाइने बताए । 

जलवायु परवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्युनिकरण गर्न जलवायु अनुकूलित प्रविधिहरुको अनुसन्धान र विकास एंव उपलब्ध प्रविधिहरुको प्रचार गरी धानको उत्पादन र उत्पादकत्व बढाउन कृषकलाई सन्देश दिने कार्यक्रमको मुख्य उद्धेश्य रहेको उनले स्पस्ट पारे ।
 

टिप्पणीहरू