एकतारे जर्नेल एक जना, दुईतारे जर्नेल चार जना

एकतारे जर्नेल एक जना, दुईतारे जर्नेल चार जना
सुन्नुहोस्

नेपाली सेनाले उपरथी र सहायक रथीमा एक एक जनाको बढुवा गर्न लागेको छ । सैनिक साधारण सेवातर्फ रिक्त हुन आएका ती पदमा बढुवाका लागि सिफारिस गरिएको जानकारी गराउँदै पाँच जनाको नाम सार्वजनिक गरिएको छ ।

उपरथीका लागि वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र दरवन्दी रही हाल अफ्रिकी मुलुक केन्यामा डिफेन्स कलेज कोर्श गर्दै रहेका  सहायक रथी मधुकरसिंह कार्की सिफारिस भएका छन् । दरवार हत्याकाण्ड ताका अधिराजकुमार निराजनको एडिसीमा तैनाथ उनी त्यसपछि पूर्व राजा ज्ञानेन्द्रको अङ्गरक्षक थिए । सहायक रथीमा सुरज गुरुङ,जगदिश खड्का, अमृतकाजी गुरुङ र चुलेन्द्रबहादुर थापा सिफारिस भएका छन् । 

तीमध्ये पहिलो नम्बरमा रहेका गुरुङ प्रधान सेनापतिको कार्यालयमा छन् । शान्ति कार्य निर्देशनालयका जगदिश २ नम्बरमा,शिकायत जाँच महाशाखाका अमृत र सैनिक सचिव विभागमा रहेर राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयतर्फ काजमा खटिएका चुलेन्द्र क्रमश: तेस्रो र चौथो नम्बरमा रहेको सिफारिस समितिको पत्रमा उल्लेख छ ।

टिप्पणीहरू