असारको अन्तिममा विवाह गर्ने जोडीलाई फ्रि हवाई टिकट

असारको अन्तिममा विवाह गर्ने जोडीलाई फ्रि हवाई टिकट
सुन्नुहोस्

असार २७, २८, ३० र ३१ गतेका दिन विवाह गर्ने जोडीलाई बुद्ध एअरले निःशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ । ती चार दिनमा बिहे गर्ने जोडीमध्ये चारलाई काठमाडौँ– पोखराको दुईतर्फी टिकट उपलब्ध गराइने जानकारी दिइएको छ ।  
यो वर्ष विवाहको लगन निकै कम छ । बैशाखमा दुई र असारमा चारसहित २०८१ मा १७ वटा मात्रै लगन छ ।

अफरको फाइदा लिन चाहने जोडीहरुको लागि केही शर्तहरु राखिएका छन् । जोडीले कम्पनीको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्बिर ट्याग गरेर शेयर गरेको हुनुपर्नेछ । यसमा चार जनाले उपहारसहित टिकट जित्ने कम्पनीले जनाएको छ ।

टिप्पणीहरू