अविश्वासवाला विश्वास

अविश्वासवाला विश्वास
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो असार २८ गते विश्वासको मत लिँदै हुनुहुन्छ । संसदमा एमालेले विश्वास छैन भनेपछि उहाँले विश्वासको मत लिने निर्णय गर्नुभएको हो । तर उहाँलाई पूरै थाहा छ, यो विश्वासको मत लिने भनिए पनि मूलतः यो अविश्वासको मत लिने कार्य हो ।

संसदमा आफूप्रति ककसलाई विश्वास छ भनेर होइन, आफूप्रति क–कसलाई विश्वास छैन भनेर मत लिन खोजिएको हो । प्रधानमन्त्री प्रचण्ड चाहनुहुन्छ, उहाँमाथि विश्वास नराख्नेहरू को को हो हुन् ? गिरिबन्धु काण्डमा परेका सांसदहरूले उहाँलाई विश्वास गर्छन् कि गर्दैनन् ? उहाँ यो हेर्न चाहनुहुन्छ । नकली भुटानी शरणार्थी प्रकरणका मतियारहरू आफूलाई विश्वास गर्छन् कि गर्दैनन् ? उहाँ यो पनि हेर्न चाहनुहुन्छ ।

ललितानिवास काण्डका नेताहरू आफूलाई विश्वास गर्छन् कि गर्दैनन् ? उहाँ यो हेर्न चाहनुहुन्छ । देशमा विभिन्न प्रकारका भ्रष्टाचार, आर्थिक अनियमितता, अनैतिकताजस्ता काण्डहरू मच्चिएका छन् । उनीहरूले आफूलाई विश्वास गर्छन् कि गर्दैनन् ? उहाँ त्यो पनि चेक गर्न चाहनुहुन्छ । विश्वासको मत त उहाँलाई चाहिएकै होइन नि । जनताले आफूमाथि विश्वास गर्न छोडे भन्ने त उहाँलाई थाहै छ । त्यही भएर त चुनावमा तेस्रो शक्तिमा सीमित हुनुपरेको हो ।


 

टिप्पणीहरू