महालेखापरीक्षक राया रातिसम्म प्रधानमन्त्री कार्यालयमा
प्रधानमन्त्री केपी शर्मा ओलीसँग महालेखापरीक्षक तोयम रायाले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा हिजो साँझदेखि रातिसम्म झण्डै दुई घण्टा कुराकानी भएको बुझिएको छ ।
भेटमा रायासँगै महालेखापरीक्षको कार्यालयका झण्डै आधा दर्जन उच्च अधिकृतहरु पनि सहभागी भएको बताइन्छ ।
उहाँहरु प्रधानमन्त्री ओलीसँग साँझ ६ बजेदेखि झण्डै पौने ८ बजेसम्म कुराकानी गरेपछि त्यहाँबाट बाहिरिएको बताइएको छ ।
टिप्पणीहरू