कर्मचारीको विवरण पठाउन निर्देशन

कर्मचारीको विवरण पठाउन निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका कर्मचारीको विवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले संघअन्तर्गत सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा आयोजनाहरुमा कार्यरत स्थायी कर्मचारीको विवरण मागेको हो । 

यसअघि पनि माग गरिएकोमा हालसम्म उपलब्ध नभएको भन्दै मन्त्रालयले पुनः परिपत्र गर्दै आगामी १५ दिनभित्र विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा विवरण पठाउनु पर्नेछ । परिपत्रमा कर्मचारीको नाम, पद, सेवा समूह, कार्यरत कार्यालय, फाजिल, सरुवालगायत विवरण मागिएको छ ।
 

टिप्पणीहरू