डेढ दर्जन ठेकेदार तथा निर्माण कम्पनी कालोसूचीमा
ठेक्का सम्झौता ओगटेर निर्धारित समयमा काम सम्पन्न नगरेका झण्डै डेढ दर्जन निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई स्पष्टिकरण सोधिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ निर्माणकर्तालाई सात दिनको समय तोकेर लिखित स्पष्टिकरण मागेको छ । तोकिएको समयमा लिखित स्पष्टिकरण पेश नगरिएमा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने कार्यालयले चेतावनी दिएको छ ।
स्पष्टिकरण सोधिएका ठेकेदार कम्पनीमा आरआर कन्स्ट्रक्सन, विजन कन्स्ट्रक्सन प्रालि, सेक्टर कन्सलटेन्ट एण्ड डेभलपर्स, ज्योती निर्माण सेवा, युभी इन्जिनियरिङ्ग कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालि, गणपति निर्माण सेवा, ऊर्जा–कृष्णव जेभी रहेका छन् ।
त्यस्तै, विमोर निर्माण सेवा, महिमा कन्स्ट्रक्सन, अमन कन्स्ट्रक्सन, सत्यश्वर कन्स्ट्रक्सन प्रालि, सुदर्शन निर्माण सेवा, एमएस एसटीके ग्लोबल एफजेसी, रक्षा कन्स्ट्रक्सन र नेपाल बिल्डर्सलाई पनि स्पष्टिकरण सोधिएको छ ।
कार्यालयले भनेको छ, ‘सूचना प्रकाशित भएको मितिले सात दिनभित्र लिखित स्पष्टिकरण पेश हुन सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुको जानकारीका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।’
टिप्पणीहरू