चिनियाँ र भारतीय विदेशमन्त्रीबीच कुराकानी, अमेरिकी समकक्षी चार मुलुकको भ्रमणमा
चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज लाओसको राजधानी भियन्टाइनमा कुराकानी भएको हो ।
दुवै मुलकका विदेशमन्त्रीबीच त्यहाँ आयोजित दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा छुट्टै भेट भएको हो । भेटमा दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउनेमा दुबै विदेशमन्त्री सहमत भएको भारतीय पक्षको भनाइ छ ।
आसियानको मन्त्रीस्तरीय बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको पनि उपस्थिति छ । अमेरिकी विदेशमन्त्रीले लाओससँगै भियतनाम, सिंगापुर, फिलिपिन्स र मंगोलियाको पनि भ्रमण गर्ने तालिका छ ।
टिप्पणीहरू