विदेशी पाइलटले हाम्रो एअरपोर्ट ठम्याउन नसकेपछि...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान अवतरणको क्रममा रहेको टर्किस एअरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । इस्तानबुलबाट आएको उक्त विमान विमानस्थल नजिकै पुगेपछि ओभरसुट अर्थात् एकाएक उचाईमा गएको छ ।
विमानको बिहान ६ः१० मा अवतरण गर्ने तालिका थियो । तर,मिसअप्रोच अर्थात् अवतरणका लागि गलत स्थान भएको पाइएपछि पाइलटले एकाएक उचाईमा लगेका हुन् । करिब २० मीनेटपछि विमान सहज अवतरण भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोलरका अनुसार विमानले ‘अनस्टेबल एप्रोच’ गरेको थियो । पछि उचाईमा गई फर्केर ल्याण्ड गर्यो । उक्त एअरलाइन्सकै एउटा विमान २०७१ फागुनमा अवतरण गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।
टिप्पणीहरू