कर्णालीमा भोलि नागपञ्चमीको बिदा
कर्णाली प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको छ ।
‘मिति २०८१ साउन २५ गते शुक्रबार नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८१–०१–१७ मा निर्णय भएको...’,सूचनामा उल्लेख छ ।
नागपञ्चमी साउन महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । त्यसदिन आठ प्रकारको अष्ट नागको पूजा गर्ने चलन छ । अष्ट नागको चित्र गोबरको सहायताले ढोकामा टाँसेर दूध, दही, अक्षता, फूल, दुबोले पूजा गरिन्छ ।
टिप्पणीहरू