खाद्य प्रविधिद्वारा १७८ उद्योगविरुद्ध मुध्दा
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो आर्थिक वर्षमा करिब दुई सय खाद्य उद्योगविरुद्ध मुध्दा चलाएको छ । आर्थिक वर्ष २०८०–८१ मा विभागले १७८ खाद्य उद्योगविरुद्ध मुध्दा दायर गरेको हो ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य वस्तु उत्पादन गर्ने उद्योगमाथि कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुध्दा दायर गरेको विभागले जनाएको छ ।
विभागका अनुसार दुग्ध वितरण आयोजना, रुपसान प्रशोधित खानेपानी, मारुती डेरी प्रोडक्टस् प्रालि, सुस्वानी प्याकेजिङ उद्योग, आर नारायण फिड्स प्रालि, नेपाल वैलहोप एग्रिटेक प्रालि, दुगड स्पाइसेज एण्ड फुड प्रोडक्सन प्रालि, भवानी मसला एण्ड फुड उद्योग, बाबा भेजिटेबल आयल इण्डस्ट्रिज प्रालि, संचेती चिया उद्योग, ऐशियन स्पाइसेज एण्ड फुड, चन्द्र शिव राइस एण्ड आयल मिल्सविरुद्ध मुध्दा गरिएको छ ।
त्यस्तैगरी, मुध्दा पर्ने अन्य उद्योगमा मंगला स्टोर, गणपति खाद्य लघु उद्योग, क्वालिटी आयल रिफाइनगरी उद्योग प्रालि, जय माँ भगवती ट्रेडर्स, एशियन फिड प्रालि, ओके मिनरल वाटर प्रालि, महालक्ष्मी दालमोठ उद्योग, सक्षम फुड एण्ड बेभरेज प्रालि, धनेश्वर पियोर वाटर इन्डष्ट्रिज प्रालि, ओम संजिवनी डेरी उद्योग प्रालिलगायत रहेको छ ।
ती उद्योगले दूषित, न्यूनस्तर, कम लेबल र ऐनविपरीत खाद्य सामग्री उत्पादन गरेको विभागको भनाइ छ ।
टिप्पणीहरू