ढाका टेक्नासाथ युनुसलाई सैन्य सलामी
बंगलादेशी अन्तरिम सकारको नेतृत्व गर्न तयार नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस ढाका पुगेका छन् ।
फ्रान्सको पेरिसबाट दुबई हुँदै उनी इमिरेट्स एयरलाइन्सको उडान (इके५८२)मार्फत दिउँसो सवा २ बजे ढाका ओर्लिएका हुन् । युनुसलाई स्वागत गर्न सेना प्रमुख वाकर उज जमान र आन्दोलनको नेतृत्वकर्ता नाहिद इस्लामसहित सयौँ विद्यार्थी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै युनुसले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यस्तै सत्ताको बन्दुक र गोलीसँग नडराएर आन्दोलन जारी राख्ने विद्यार्थीहरुको प्रशँसा गरे । उनले भने, ‘प्रहरीको गोली सामना गर्नको लागि अघि बढेका पाइला र हातका साहसलाई मेरो उच्च सम्मान छ ।’
आजै राती ८ बजे राष्ट्रपति निवास बंगभवनमा युनुसको सपथ ग्रहण कार्यक्रम छ ।
टिप्पणीहरू