बंगलादेशी दूतावासअगाडि नारा लाउने तयारी
मानव अधिकार तथा शान्ति समाज, नेपालले काठमाडौँस्थित बंगलादेशी दूतावासअगाडि प्रदर्शन गर्ने भएको छ ।
बंगलादेशमा शान्ति, लोकतन्त्र र मानव अधिकारको संरक्षणको सुनिस्चितता गर्न माग गर्दै बसुन्धारास्थित दूतावास अगाडि प्रदर्शन गर्न लागेको हो । आउँदो साउन २८ गते दिँउसो १ बजेदेखि प्रदर्शन गरिने समाजले जनाएको छ ।
बंगलादेशमा पछिल्लो एक महिना लामो विद्यार्थी आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर गत साउन २१ गते भारत पुगेकी छिन् । त्यसपछि राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल शान्ति पुरस्कार विजेता एवम् चर्चित प्रा.डा.मोहम्मद यूनुसलाई बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नियुक्त गरेका छन् ।
टिप्पणीहरू